Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, असोज ३१ गते ।

सर्लाहीमा मनुष्मारा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन् ।

धनकौल गाउँपालिका–३, की सोनीकुमारी साहलाई खोलाले बगाउँदा बेपत्ता भएकी हुन् ।

बिहीबार दिउँसोदेखि नै साहलाई खोलाले बगाउँदा बेपत्ता रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक निरन्जन भट्टराईले बताए ।

लुगा धुन र नुहाउन खोलामा पुगेकी बालिकालाई खोलाले बगाएर बेपत्ता बनाउँदा शुक्रबार बिहानैदेखि खोजी जारी रहेको भट्टराईले बताए ।

बालिकाको खोजीका लागि महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरीको पृतनाबाट तालिम प्राप्त गोताखोर मगाइएको बरहथवा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *