Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २ गते ।

वीरगञ्जमा घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
वीरगन्ज महानगरपालिका–१ छपकैया टोलका १७ वर्षीष पियूषकुमार साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।

शनिबार साँझ आफ्नो एकतले घरको छतमा तिहारको झिलीमिली बत्ती लगाउने क्रममा घटना भएको पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताए ।

वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका साहको नारायणी अस्पताल लैजाने क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *