Samajik Feed – News Portal from Nepal

मधेश भवनमा एमाले बाहेकका दलको तोडफोड र प्रदर्शन, यस्तो छ भित्री सहमती

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २४ गते । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । मधेसका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्दै नाराबाजी गरेका छन । अहिले उनीहरुले प्रदेश प्रमुख र सरोज यादवविरुद्ध मधेश भवनभित्र टायर बालेर प्रदर्शन गरिरहेका छन । यसअघि मधेशमा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ […]

मधेस प्रदेश सरकारमा सहभागिताप्रति राप्रपा अध्यक्ष लिङ्देनको कडा असहमति, तत्काल फिर्ता हुन निर्देशन

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २४ गते । मधेस प्रदेश सरकारमा पार्टीका सदस्यहरूको सहभागिताप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले राप्रपाका सदस्यहरूको मधेस प्रदेश सरकारमा सहभागिता “अनुशासनको गम्भीर उल्लंघन भएको बताएका छन्। उनले लेखेका छन् मधेस प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति हाम्रो […]

देशैभर मतदाता नामावली संकलनमा सर्भर समस्या,काम रोकियो

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २३ गते । देशैभर मतदाता नामावली संकलनमा समस्या देखिएको छ। निर्वाचन आयोगका अनुसार मतदाता नामावली संकलनसँग सम्बन्धित सर्भरमा समस्या आउँदा काम रोकिएको हो। जिल्ला निर्वाचन कार्यालय, काठमाडौँका प्रमुख ठाकुर भट्टराईले आइतबार सर्भरमा समस्या आएपछि काम रोकिएको जानकारी दिए। उनले भने, “जमलस्थित सर्भरमा समस्या आएको छ। हाल यसलाई मर्मत गर्ने काम भइरहेको छ। […]

रौतहटमा पूर्वमन्त्री आफताब आलमको निधनमा चार स्थानीय तहद्वारा शोक बिदा घोषणा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २३ गते । रौतहटको ४ स्थानीय तहले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक बिदा दिएका छन्। जिल्लाको राजपुर नगरपालिका, परोहा नगरपालिका, ईशनाथ नगरपालिका र बौधीमाई नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै आइतबारका दिन नगरपालिकाभरि शोक बिदा दिएको छ । कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री आलमको उपचारका […]

मधेस प्रदेशमा राजनीतिक अन्यौल: मुख्यमन्त्री सोनलको राजीनामापछि नयाँ सरकार गठनमा पेचिलो अवस्था

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २३ गते । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी परामर्शमा जुटेकी छन्। उनले नयाँ सरकार गठनका सम्भावनाबारे विभिन्न राजनीतिक दलका नेतासँग छुट्टाछुट्टै भेटवार्ता सुरू गरेकी छन्। संवैधानिक अन्यौलताका कारण नयाँ सरकार गठनका लागि आह्वानमा ढिलाइ भएको बताइन्छ। प्रदेश प्रमुख भण्डारीले सभामुख रामचन्द्र मण्डल, […]

मधेस प्रदेश: साढे ९ लाखको औषधिसहित १ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २३ गते । पर्साको वीरगञ्जमा तस्करी गरि ल्याइएको औषधि सशस्त्र प्रहरीले बरामद गरेको छ । शनिबार सशस्त्र प्रहरीले विभिन्न किसिमका मानिसले सेवन गर्ने औषधिसहित बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुर बस्ने १८ वर्षीय हरिओमकुमार पासवानलाई पक्राउ गरेको हो । सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको टोलीले पासवानलाई वीरगञ्ज […]

मधेस प्रदेशमा करिब ५ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि वितरण

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते । मधेस प्रदेशमा ४ लाख ८९ हजार ७ सय २२ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाइँदै छ । ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरूलाई भिटामिन ए तथा १ वर्ष माथिकालाई जुकाको औषधि खुवाउने अभियान अन्तरगत मधेस प्रदेशका बालबालिकालाई हिजो र आज गरी दुई दिन औषधि खुवाइँदै छ ।  नेपाल […]

बागमतीमा नुहाउने क्रममा बेपत्ता भएका बालक दुई दिनपछि मृत फेला

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते । कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका एक बालक दुई दिनपछि मृत फेला परेका छन्। रामनगर गाउँपालिका–१ खैर्वाका मनोज यादवका १४ वर्षीय छोरा आशिक यादव गत १९ कात्तिक बिहान साढे ६ बजे बागमती नदीमा नुहाउने क्रममा हराएका थिए। दुई दिनको खोजतलासपछि उनको शव शुक्रबार बिहान रौतहटको दुर्गा […]

सर्लाहीमा ट्याक्टर-मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते । सर्लाहीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। दुर्घटनामा परेका चन्द्रनगर गाउँपालिका-५ महोनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि लगिएकोमा राति करिब ८ बजे चिकित्सकले […]

प्रधानमन्त्री सुशीला कार्कीको आह्वान: मतदाता नामावलीमा नाम दर्ता गर्न अब ९ दिन मात्र बाँकी

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सर्वसाधारणलाई आग्रह गरेकी छन्। दर्ता गर्ने म्याद अब ९ दिन मात्र बाँकी रहेको उल्लेख गर्दै उनले सबैलाई समयमा नै दर्ता प्रक्रिया पूरा गर्न आह्वान गरेकी हुन्। आज एक्स अकाउन्टमार्फत उनले लेखेकी छन्, “तपाईंको मत नै तपाईंको आवाज हो। […]