Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २४ गते ।

अमेरिका भ्रमण प्रकरणको छानबिन गरी कारबाही गर्न माग गर्दै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

मुलुक बचाउने नागरिक (ममुबना) अभियानका प्रमुख युवराज सफलले मन्त्री गुप्ताले फर्जी आयोजक र फर्जी निमन्त्रणा पत्रका आधारमा मन्त्रिपरिषद्बाट अमेरिका भ्रमण स्वीकृत गराइएको भन्दै अख्तियारमा उजुरी दिएका हुन् ।

आगामी माघ ३ मा अमेरिकामा आयोजना हुने भनिएको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रमसम्बन्धी आयोजक नेपाल सरकार, अमेरिकी सरकार वा नेपाली दूतावासको अभिलेखमा नरहेको उजुरीमा दाबी गरिएको छ ।

सफलले आफ्नो हैसियत दुरुपयोग गरी मन्त्री गुप्ताले सामूहिक रुपमा अमेरिका जान खोजिएको भन्दै यसलाई संगठित मानव तस्करीसँग जोडेर अनुसन्धान गर्न माग गरेका छन् ।
उनले यसका साथै भ्रमण स्वीकृतिसँग सम्बन्धित मन्त्रिपरिषद्को निर्णय, निमन्त्रणा पत्र, आयोजकको कानुनी वैधता र भ्रमण टोलीको विवरण झिकाएर छानबिन गर्नुपर्ने जनाएका हुन् ।

सफलले अख्तियारमा दर्ता गराएको उजुरीमा दोषी देखिएमा मन्त्री गुप्तामाथि मानव तस्करीसमेतको अभियोगमा कारबाही गर्न र अनुसन्धान अवधिमा मन्त्री पदबाट निलम्बन गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *