सामाजिक फीड-
जनकपुरधाम, पुस २३ गते ।
मधेश प्रदेशमा नेकपाबाट चारजनाको उम्मेदवारी दर्ता भएको छ । अल्पसंख्याक तर्फ रौतहटका रामानन्द प्रसाद, अन्य तर्फ सर्लाहीका लक्ष्मण पौडेल, दलित तर्फ सर्लाहीका सम्भु पासवान र महिला तर्फ धनुषाकी समी अग्रवालको उम्मेदवारी परेको हो ।
राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग गठबन्धन नभएपनि नेकपाले छुट्टै उम्मेदवारी दिएको हो ।