श्रीराम मन्दिर वार्षिकोत्सवका अवसरमा जनकपुरमा विशेष कार्यक्रम आयोजना हुने

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवको अवसरमा आउँदो पुष २७ गते शनिबार विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। उत्सवका मुख्य आकर्षणहरू रंगोली प्रतियोगिता, दीप प्रज्ज्वलन, र श्रीराम मन्दिरको इतिहासबारे डकुमेन्ट्री प्रदर्शन रहनेछन्। विश्व हिन्दू परिषद् धनुषाका युवा प्रमुख मोहन हिन्दुका अनुसार, श्रीराम मन्दिर निर्माणमा भएको बलिदान र […]
माघ १ देखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ। यसअघि खाता खोल्न नागरिकता अनिवार्य चाहिने प्रावधानलाई परिवर्तन गर्दै राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा पनि खाता खोल्न सकिने व्यवस्था गरिएको हो। नेपाल राष्ट्र बैङ्कले यससम्बन्धी परिपत्र जारी गर्दै बैङ्क, वित्तीय संस्था, पूर्वाधार विकास बैंक […]
चीनमा एमपक्सका पाँच नयाँ सङ्क्रमित फेला, कङ्गोबाट आएका व्यक्तिबाट फैलिएको आशंका

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । चीनका स्वास्थ्य अधिकारीहरूले एमपक्स स्ट्रेन क्लेड १ बी को समूहगत प्रकोपको पुष्टि गरेका छन्। कङ्गोबाट आएका व्यक्तिहरूको सम्पर्कमा रहेका पाँच जना नयाँ सङ्क्रमितहरू फेला परेका हुन्। एएफपी समाचार संस्थाका अनुसार कङ्गोमा यस भाइरसले एक हजारभन्दा धेरै मानिसको ज्यान लिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले यस भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपत्काल […]
जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा वैदेशिक रोजगारीमा शोषण रोक्न अन्तरक्रिया

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । जिल्लाका वैदेशिक रोजगारीमा जानेलाई शोषणमुक्त बनाउन जिल्ला प्रहरी कार्यालय धनुषाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। धनुषाको जिल्ला प्रहरी कार्यालयको सभाहलमा सुरक्षित आप्रवास (सामी) परियोजनाअन्तर्गत प्रहरी अधिकारीहरूसँग यो अन्तरक्रिया गरिएको हो। वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले एजेन्ट र संस्थाबाट हुने शोषण र ठगीका घटना बढ्दै गएपछि धनुषाका प्रहरी प्रमुख (एसपी) भुवनेश्वर […]
नेपाली कांग्रेस नेता यादवद्वारा डा. सीके राउतलाई राजनीति अनाडीको टिप्पणी

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद रामसरोज यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई राजनीति अनाडीको टिप्पणी गरेका छन्। पूर्वमन्त्री समेत रहेका यादवले प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै, राउतलाई राजनीतिमा नयाँ र अनुभवहीन भएको बताए। उनले भने, “राउतजी राजनीतिमा अनाडी हुनुहुन्छ। अहिले नयाँ हुनुहुन्छ, अनाडी हुनु स्वाभाविक हो। विस्तारै […]
मुख्यमन्त्री सिंहद्वारा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीलाई छात्रवृत्तिका लागि प्रतिबद्धता

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको सात दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिमा आवश्यक सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने बताएका छन्। मुख्यमन्त्री सिंहले छात्रवृत्ति वितरण प्रक्रियालाई पारदर्शी बनाउने प्रतिबद्धता जनाउँदै मधेश बाहिरका विश्वविद्यालयहरूले युनिभर्सिटी ग्रान्ट कमिशन (यूजीसी) बाट अनुदान पाए पनि […]
शिक्षा क्षेत्र सुधारका प्रयासमा हस्तक्षेपको आरोप लाग्ने गरेको: मन्त्री भट्टराई

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुधार गर्न खोज्दा हस्तक्षेपको आरोप लाग्ने गरेको बताएकी छिन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले विश्वविद्यालयको सुधारका लागि ध्यान केन्द्रित गरे पनि पहल गर्दा मन्त्रीमाथि हस्तक्षेपको आरोप लाग्ने गरेको उल्लेख गरिन्। उनले विश्वविद्यालय सुधारका लागि पदाधिकारीहरुले पहिलो भूमिका निर्वाह गर्नुपर्ने धारणा […]
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण: रवि लामिछानेसहित सात जनाविरुद्ध थुनछेक बहस सकियो

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सात जनाविरुद्धको थुनछेक बहस सकिएको छ। सरकारी वकिलको जवाफी बहसपछि अदालतले थुनामै राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने भन्नेबारे आदेश दिन तयारी गरेको छ। न्यायाधीश नीतिज राईको इजलासमा पुस ६ […]
लुम्बिनीमा मन्दिरको दानपेटिकाबाट तीन महिनामा झण्डै डेढ करोड संकलन

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट तीन महिनामा झण्डै डेढ करोड रुपैयाँ संकलन भएको छ। लुम्बिनी विकास कोषका कोषाध्यक्ष दुण्डीराज भट्टराईका अनुसार, दानपेटिकाबाट एक करोड ४३ लाख ५९ हजार ९९० रुपैयाँ संकलन गरिएको हो। यो रकम आर्थिक वर्ष २०८१/०८२ को दोश्रो चरणमा असोज महिनायताको हो। पुस १८ […]
परराष्ट्रमन्त्रीको पहलमा विपिन जोशीको रिहाइको प्रयास तीव्र, सामाजिक सञ्जालमा ह्यासट्याग ट्रेन्ड शुरू

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायल सरकारसँग आग्रह गर्नुभएको छ। नेपालका लागि इजरायलका राजदूत समूलिक एरी बाससँग मंगलबार भएको भेटमा मन्त्री राणाले विपिनको अवस्थाबारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग अनुरोध गर्नुभएको हो। हमासले आफ्नो नियन्त्रणमा […]