सामाजिक फीड-
जनकपुरधाम, पुस २६ गते ।
नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद रामसरोज यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई राजनीति अनाडीको टिप्पणी गरेका छन्।
पूर्वमन्त्री समेत रहेका यादवले प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै, राउतलाई राजनीतिमा नयाँ र अनुभवहीन भएको बताए। उनले भने, “राउतजी राजनीतिमा अनाडी हुनुहुन्छ। अहिले नयाँ हुनुहुन्छ, अनाडी हुनु स्वाभाविक हो। विस्तारै सिक्दै जानुहुनेछ।”
यादवले केही दिनअघि डा. राउतले सामाजिक सञ्जालमार्फत मधेश सरकारबारे व्यक्त गरेको आठ बुँदे टिप्पणीप्रति आक्रोश व्यक्त गरे। उनले मुख्यमन्त्री सतीशकुमार सिंहलाई डा. राउतको अभिव्यक्तिप्रति जवाफ दिन चुनौती दिएका छन्।
यादवले थपे, “मुख्यमन्त्रीजीले प्रतिनिधित्व गर्ने दलकै राष्ट्रिय अध्यक्षबाट प्रदेश सरकार र सरकारमा सहभागी दललाई लिएर यस्तो अभिव्यक्ति आएको छ। मुख्यमन्त्रीजी उक्त भनाइसँग सहमत हुनुहुन्छ वा हुनुहुन्न भन्ने कुरा सदनलाई स्पष्ट पार्नु आवश्यक छ।”