Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, पुस २६ गते

अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ। यसअघि खाता खोल्न नागरिकता अनिवार्य चाहिने प्रावधानलाई परिवर्तन गर्दै राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा पनि खाता खोल्न सकिने व्यवस्था गरिएको हो।

नेपाल राष्ट्र बैङ्कले यससम्बन्धी परिपत्र जारी गर्दै बैङ्क, वित्तीय संस्था, पूर्वाधार विकास बैंक र लघुवित्त वित्तीय संस्थाहरुलाई राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्न अनुमति दिन निर्देशन दिएको छ।

राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको नभई वैकल्पिक विकल्पका रूपमा यो व्यवस्था गरिएको जानकारी दिनुभयो। नागरिकताका आधारमा खाता खोल्ने निर्देशिका यथावत रहेको र अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर दिएर पनि खाता खोल्न सकिने प्रष्ट पार्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *