Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, पुस २६ गते

नव मिथिला फाउण्डेशनले छैटौं जनकपुर साहित्य महोत्सव २०८१ को तयारी तीव्र बनाएको छ। महोत्सवको मुख्य कार्यक्रम माघ २४ गतेदेखि २६ गतेसम्म जनकपुरधामको प्रसिद्ध राम मन्दिर परिसरमा आयोजना हुनेछ।

महोत्सवको तयारीका क्रममा आजदेखि कथावाचन कार्यशाला गोष्ठी सुरू भएको छ। प्रसिद्ध बाल साहित्य विज्ञ राजीव धर जोशीको नेतृत्वमा आयोजित गोष्ठीमा शिक्षकहरूलाई रचनात्मक कथावाचन प्रविधि सिकाउने काम भइरहेको छ।

फाउण्डेशनका अध्यक्ष अमित कुमार साहका अनुसार यसले बालबालिकाको सिर्जनशीलता उजागर गर्न र कक्षाकोठामा सिकाइ सुधार्न महत्त्वपूर्ण भूमिका खेल्नेछ भने महोत्सवको उद्देश्य मिथिलाको समृद्ध संस्कृति र सांस्कृतिक धरोहरलाई उजागर गर्नुका साथै बालबालिकाको सिर्जनशीलता र प्रतिभा उजागर गर्न विविध अवसर प्रदान गर्नु हो। प्रतिस्पर्धात्मक कार्यक्रममार्फत बालबालिकाले आफ्नो कला र विचार प्रस्तुत गर्ने मौका पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *