Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २६ गते

विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवको अवसरमा आउँदो पुष २७ गते शनिबार विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। उत्सवका मुख्य आकर्षणहरू रंगोली प्रतियोगिता, दीप प्रज्ज्वलन, र श्रीराम मन्दिरको इतिहासबारे डकुमेन्ट्री प्रदर्शन रहनेछन्।

विश्व हिन्दू परिषद् धनुषाका युवा प्रमुख मोहन हिन्दुका अनुसार, श्रीराम मन्दिर निर्माणमा भएको बलिदान र संघर्षलाई जनमानसमा जागरूक गराउन यो कार्यक्रम आयोजना गरिएको हो। आधुनिक प्रोजेक्टरको माध्यमबाट राम मन्दिरको इतिहासबारे डकुमेन्ट्री प्रदर्शन गरिनेछ।

उक्त कार्यक्रम जानकी मन्दिरमा शनिबार दिउँसो ३ः०० बजे सुरु हुने छ। नगर उपाध्यक्ष तथा कार्यक्रम संयोजक गौरी शंकरले जनकपुरधामका सम्पूर्ण बासिन्दालाई कार्यक्रममा सहभागी भई उत्सवलाई भव्य बनाउन अनुरोध गरेका छन्।

श्रीराम मन्दिर निर्माणको संघर्ष र बलिदानको सम्झनामा आयोजना गरिने यस उत्सवलाई ऐतिहासिक र समृद्ध बनाउन जनकपुरधामवासीलाई व्यापक सहभागिताका लागि आह्वान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *