Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २५ गते

गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट तीन महिनामा झण्डै डेढ करोड रुपैयाँ संकलन भएको छ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष दुण्डीराज भट्टराईका अनुसार, दानपेटिकाबाट एक करोड ४३ लाख ५९ हजार ९९० रुपैयाँ संकलन गरिएको हो। यो रकम आर्थिक वर्ष २०८१/०८२ को दोश्रो चरणमा असोज महिनायताको हो।

पुस १८ देखि २३ गतेसम्म पाँच दिन लगाएर ३२ जना कर्मचारीले सीसीटीभी निगरानीमा भेटिका रुपमा चढाइएको रकम गणना गरेका थिए। यसअघि, असोज ११ देखि १३ गतेसम्म पहिलो पटक रकम गणना गरिएको थियो।

मायादेवी मन्दिरमा तिर्थयात्रीहरूले श्रद्धापूर्वक भेटी चढाउने गरेका छन्। संकलित रकम लुम्बिनी विकास कोषको प्रमुख आम्दानीको श्रोत बनेको छ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *