Samajik Feed – News Portal from Nepal

रौतहटमा चक्कु प्रहारबाट घाइते एक युवकको मृत्यु

रौतहट, २७ कार्तिक । रौतहटमा चक्कु प्रहारबाट घाइते एक युवकको मृत्यु भएको छ । शुक्रवार चक्कु प्रहारबाट गम्भीर घाइते भएका राजदेवी नगरपालिका–६ का २० वर्षीय राहुल साहको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रवार नेमधारी वासुदेव नमुना माध्यमिक विद्यालय मुडवालबाले गरेको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा विवादपछि झडप भएको थियो । यही झडपमा परेर […]

उर्लाबारीस्थित सुन पसलमा आगलागी, २८ जना घाइते

मोरङ, २७ कार्तिक । मोरङको उर्लाबारीस्थित एक सुन पसलमा आगलागी हुँदा २८ जना घाइते भएका छन् ।गएराति इटहरा रोडका दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो । आगो निभाउन खटिएका प्रहरी सहायक निरीक्षकसहित चार प्रहरी र २४ स्थानीय जलेर घाइते भएका छन् । आगो निभाउन खटिएका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी सहायक […]

लक्ष्मीपूजा गर्ने क्रममा दियो सल्किएर एक जनाको मृत्यु

भक्तपुर, २७ कार्तिक । भक्तपुरमा गएराति लक्ष्मीपूजाका क्रममा एक जनाको मृत्यु भएको छ । पूजा गर्ने क्रममा लुगामा दियो सल्किएर मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीकी ८३ वर्षीया सावित्रीदेवी दाहालको मृत्यु भएको हो । कपडामा आगो सल्केपछि आत्तिएर बैठक कोठामा लडेकी दाहालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिएका […]

एसपीले चलाएको जीप र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

झापा, २५ कार्तिक । झापाको कन्काइमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) ले चलाएको जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति कन्काइ नगरपालिका–८ बिरिङ पुलमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार झापाको कमल गाउँपालिका–६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक कमल–६ का १९ वर्षीय खगेन्द्र ताजपुरीया […]

मुटुरोग विशेषज्ञ डा. अनिलले बनाए विश्व रेकर्ड

काठमाडाैँ, २४ कार्तिक । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । विश्व मुटु दिवसको अवसर पारेर डा. अनिलले २९ सेप्टेम्बर २०२३ आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका हुन् । फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा डा. ओम मूर्तिले […]

नापी सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, २४ कार्तिक । झापाको भद्रपुरस्थित नापी कार्यालयका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षक देवनारायण ठाकुर, सुवासचन्द्र यादव र विचौलियोका काम गर्ने उमेश यादवविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले जग्गाको कित्ताकाट गरेवापत् सेवाग्राहीसँग चेक र नगदसहित एक लाख २५ हजार घुस लिएको […]

बाराका भ्रष्टाचारी शिक्षकलाई उपदानसहित सुविधा, ७ जनाविरुद्ध मुद्दा

काठमाडौँ, २४ कात्तिक । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका शिक्षकलाई उपदानसहित सुविधा दिएको भन्दै ७ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियारले जिल्ला शिक्षा कार्यालयका तत्कालीन विद्यालय निरीक्षक बृजकिशोर यादव, नेपाल राष्ट्रिय प्राविका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र चेथारु प्रसाद कुर्मी, बाराका जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारी, क्षेत्रीय शिक्षा निर्देशनालयका कामू निर्देशक दिनेशकुमार श्रेष्ट र शाखा अधिकृत […]

बलात्कारको आरोपमा एक जना पक्राउ

झापा, २४ कार्तिक । झापामा किशारी बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया किशारी बलात्कारको आरोपमा मेचीनगर नगरपालिका-७ सत्तिघट्टाका २१ वर्षीय अमित राजवंशी पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो। उनीविरूद्ध सोही नगरपालिका-८ टोकला चिया बगानमा किशारीमाथि बलात्कार गरेको उजुरी परेको थियो । […]

आरती मृत्यु प्रकरण: मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाइयो

काठमाडाैँ, २३ कार्तिक । आरती साहलाई न्याय दिलाउन आम जनता पार्टीको नेतृत्वमा राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापन पत्र बुझाइएको छ । बिहीबार आजपा उपाध्यक्ष तिलक थापाको नेतृत्वमा पीड़ित परिवारसहितको टोलीले ललितपुरको हरिहरभवनस्थित आयोगका अध्यक्ष टोपबहादुर मगरलाई ज्ञापन पत्र बुझाएको हो । एक सय ४७ दिनदेखि माइतीघर मण्डलामा संघर्षरत पीडित परिवारको मागप्रति ऐक्यबद्धता जनाउँदै आजपाले माग सम्बोधन […]

३० दिने अल्टिमेटमसहित मधेश सरकारले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझायो

काठमाडौँ, २३ कार्तिक । मधेश प्रदेश सरकारले प्रदेश प्रहरी समायोजनलगायत ६ बुँदे माग राखी प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ३० दिनको अल्टिमेटमसहित मधेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो । प्रदेश प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गाको प्रयोग, गुठी जग्गा, अर्थसम्बन्धी समस्या र […]