Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २४ कात्तिक । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका शिक्षकलाई उपदानसहित सुविधा दिएको भन्दै ७ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियारले जिल्ला शिक्षा कार्यालयका तत्कालीन विद्यालय निरीक्षक बृजकिशोर यादव, नेपाल राष्ट्रिय प्राविका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र चेथारु प्रसाद कुर्मी, बाराका जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारी, क्षेत्रीय शिक्षा निर्देशनालयका कामू निर्देशक दिनेशकुमार श्रेष्ट र शाखा अधिकृत बेदप्रसाद पौडेलविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

बाराको बरैनियास्थित श्री राम प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय प्रथामिक विद्यालय रौवाहीका पूर्वशिक्षक योगेन्द्रप्रसाद यादव २०७३ बैशाख १६ मा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए । दोषी ठहर भएर बर्खास्तमा परेका शिक्षक यादवलाई विभिन्न सुविधा र उपदान दिलाएको भन्दै अख्तियारले उनीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सुविधा लिने शिक्षक यादव र सुविधा दिलाउन प्रयास गर्ने प्रधानाध्यापक तथा शिक्षा कार्यालयका अधिकारीहरूमाथि मुद्दा चलाएको हो ।

यादवले आफू कसुरदार भएको फाइल गायव बनाई राजीनामा दिएर सुविधा लिएको अख्तियारको आरोप छ । कागजात गायव बनाएपछि उनले १ लाख ५ हजार रुपैंया अतिरिक्त तलब लिएको अनि औषधी उपचार, बिरामी विदा र चाडपर्व खर्च समेत गरेर कुल १६ लाख ९२ हजार रुपैंया भुक्तानी लिएको अख्तियारको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *