Samajik Feed – News Portal from Nepal

दिल्लीमा चौथो दिन पनि युवा एवं विद्यार्थीहरुको आन्दोलन जारी, हल्लियो मोदी सरकार

सामाजिक फीड– जनकपुरधाम, साउन ७ गते । भारतको राजधानी दिल्लीमा कक्रोच जनता पार्टी (सिजेपी) ले सुरु गरेको आन्दोलन चौथो दिन पनि जारी रहेको छ। सोमबारदेखि युवा एवं विद्यार्थीहरुको अगुवाईमा सुरु भएको प्रदर्शन आज पनि निरन्तरता पाएपछि राजधानीको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। आन्दोलनका कारण संसद आसपासको क्षेत्र उच्च सुरक्षा निगरानीमा राखिएको छ भने सर्वसाधारणको आवागमनमा समेत […]

मधेश सरकारले खरिद गरेको करोडौंका ५ वटा बस अलपत्र, बसको रंग उड्न थाले, टायर पनि बिग्रिन सुरु

सामाजिक फीड– जनकपुरधाम, साउन ५ गते । जनकपुरधामदेखि पश्चिममा पर्सा र पूर्वमा सप्तरीसम्मको रुटमा चलाउन भन्दै मधेश सरकारले खरिद गरेका पाँचवटा बस अलपत्र परेका छन । सरकारले खरिद गरेका ती बसहरु एक वर्षसम्म चलाउन नसकेपछि प्रदेश सरकारले ती बसहरु तीनवटा संस्थालाई बाँडेको थियो । तैपनि ती बसहरु साढे चार वर्षयता अलपत्र नै छन् । मधेश प्रदेश सरकारले […]

सरकारी जागिरबाट पेन्सन लिने कर्मचारी अब करारमा नियुक्त हुन नपाउने

सामाजिक फीड– जनकपुरधाम, साउन १ गते । सरकारले सरकारी सेवाबाट अवकाशपछि निवृत्तिभरण ९पेन्सन० वा उपदान लिइरहेका कर्मचारीलाई अब करारमा काम गर्न नदिने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै सरकारी निकायलाई परिपत्र जारी गर्दै २०८३ साउन १ गतेदेखि सरकारी सेवाबाट अवकाश प्राप्त गरी निवृत्तिभरण वा उपदान […]

यसकारण लम्बिदैछ रास्वपाको महाधिवेशन, ८० वटा विद्युतीय मेसिनबाट मतदान हुने, विदेशबाट मोबाइलबाटै भोट हाल्न मिल्ने

सामाजिक फीड– जनकपुरधाम,असार १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा उम्मेदवारको अन्तिम सूची समयमै सार्वजनिक हुन नसक्दा विद्युतीय मतदान प्रक्रिया थप ढिलाइ हुने भएको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदान बिहान ९ बजेदेखि सुरु हुने बताएका थिए। तर, हालसम्म उम्मेदवारहरूको प्रारम्भिक नामावली समेत सार्वजनिक हुन सकेको छैन। निर्वाचन आयोगले बिहान साढे १० बजेसम्म […]

मधेश सरकारले ल्याउँदैछ अहिलेसम्मकै सानो बजेट

सामाजिक फीड– जनकपुरधाम,असार १ गते । अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ। स्रोतका अनुसार मधेश सरकारले स्थापना भएयताकै सबैभन्दा सानो आकारको बजेट ल्याउन लागेको हो। चालु र पुँजीगत खर्चसहित करिब ४१ अर्ब रुपैयाँको बजेट तयार गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। […]

एक करोडभन्दा कम लागतका योजना मधेस सरकारले नल्याउने

सामाजिक फीड– जनकपुरधाम, जेठ २९ गते । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमा टुक्रे योजनालाई निरुत्साहित गर्दै एक करोड रुपैयाँभन्दा कम लागतका योजना समावेश नगर्ने नीति लिएको छ। बिहीबार प्रदेश सभा बैठकमा अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको ‘मधेस प्रदेश विनियोजन विधेयक, २०८३’ का सिद्धान्त र प्राथमिकतामा यस्तो व्यवस्था गरिएको हो। सरकारले सडक, ऊर्जा, सहरी […]

एउटा चुनाव हारेलगत्तै अर्को चुनाव लड्न नपाउने प्रस्ताव, चुनाव हारेर समानुपातिक वा राष्ट्रियसभाबाट सांसद बन्न नपाउने

सामाजिक फीड– जनकपुरधाम, जेठ २६  गते । एउटा चुनाव हारेलगत्तै अर्को चुनाव लड्ने, प्रत्यक्षतर्फ पराजित भएपछि समानुपातिक सूची वा राष्ट्रियसभामार्फत पुनः सत्तामा पुग्ने नेताहरूको बढ्दो प्रवृत्तिलाई रोक्न निर्वाचन आयोगले कडा कानुनी व्यवस्था प्रस्ताव गरेको छ। आयोगले तयार पारेको निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदाअनुसार संघ, प्रदेश वा स्थानीय तहको निर्वाचनमा पराजित व्यक्ति सम्बन्धित पदको कार्यकाल पूरा नभएसम्म अन्य कुनै […]

आजबाट रास्वपाको प्रदेश अधिवेशन सुरु, मधेशको अधिकांस जिल्लाको अधिवेशनमा विवाद

सामाजिक फीड– जनकपुरधाम, जेठ २६  गते । मधेश प्रदेशका अधिकांस जिल्लाहरुमा अधिवेशन नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रदेश अधिवेशन सुरु भएको छ । आज बागमती प्रदेश अधिवेशन हेटौंडामा हुँदैछ। यस लगतै मधेश सहित अरु प्रदेशका अधिवेशन समेत गर्ने तयारी छ । प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ […]

मधेशको जनलोकपाल आयोगमा नियुक्त भएका झा हत्याका अभियुक्त, होटेलमा यौनव्यसाय चलाएको पनि आरोप

सामाजिक फीड– जनकपुरधाम, जेठ २५  गते । मधेश प्रदेश सरकारले जनलोकपाल आयोगको सदस्यमा नियुक्त गरेको सञ्जीव कुमार झा हत्याका अभियुक्त रहेको पाइएको छ । झा महोत्तरीको रामगोपालपुर नगरपालिका २ का अध्यक्ष मुकेश यादवको हत्या आरोपमा पुर्पक्षमा जेल सजाय भोगेर साधारण तारेखमा रिहा भएका अभियुक्त हुन्। वडाध्यक्ष यादवको हत्या आरोपमा झासँगै दिलिप मण्डललाई २०८१ कात्तिक ६ गतेका […]

विवाद चर्किएपछि महोत्तरी र सर्लाहीमा रास्वपाको जिल्ला अधिवेशन रोकियो, सिरहामा चुनाव हुँदै

सामाजिक फीड– जनकपुरधाम, जेठ २५  गते । विवाद चर्किएपछि महोत्तरी र सर्लाही दुबै जिल्लाको राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । महोत्तरीमा दोस्रो सत्रको निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विवादित पक्षबीच छलफल गराउँदा समेत सहमति नभएपछि अधिवेशन स्थगित गरिएको हो। शनिबारदेखि जलेश्वरमा जिल्ला अधिवेशन सुरु भएकोमा दोस्रो दिन बन्दसत्रमा पनि दुई पक्षबीच सहमति […]