Samajik Feed – News Portal from Nepal

मोरङ, २७ कार्तिक । मोरङको उर्लाबारीस्थित एक सुन पसलमा आगलागी हुँदा २८ जना घाइते भएका छन् ।
गएराति इटहरा रोडका दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो । आगो निभाउन खटिएका प्रहरी सहायक निरीक्षकसहित चार प्रहरी र २४ स्थानीय जलेर घाइते भएका छन् ।

आगो निभाउन खटिएका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी सहायक हवल्दार मनबहादुर घिसिङ, प्रहरी जवानहरू रितिकिरण राई र दिलकुमार आचार्य घाइते छन् । घाइतेमध्ये १२ जनाको बीएन्डसी अस्पताल बिर्तामोड, पाँच जनाको न्युरो आर्या विराटनगर, सात जनाको विराट नर्सिङ होम विराटनगर, विराटनगरको रेडप्लस अस्पतालमा दुई जना, लाइफलाइन अस्पताल दमकमा एक जना र गोदावरी अस्पताल उर्लाबारीमा एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चार जनाको शरीर करिब ५० प्रतिशत जलेको छ । उनीहरूलाई कोशी प्रदेश सरकारको समन्वयमा थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *