काठमाडौँ, २४ कार्तिक । झापाको भद्रपुरस्थित नापी कार्यालयका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षक देवनारायण ठाकुर, सुवासचन्द्र यादव र विचौलियोका काम गर्ने उमेश यादवविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले जग्गाको कित्ताकाट गरेवापत् सेवाग्राहीसँग चेक र नगदसहित एक लाख २५ हजार घुस लिएको आरोप थियो ।
अख्तियारले गत असोज २९ मा सर्वेक्षक ठाकुर र बिचौलिया यादवलाई सेवाग्राहीबाट नगद ७० हजार र ५५ हजार बराबरको चेक बरामद् गरेको थियो । ठाकुर र यादवद्वयले जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गराउन घुस मागेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
