झापा, २४ कार्तिक । झापामा किशारी बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया किशारी बलात्कारको आरोपमा मेचीनगर नगरपालिका-७ सत्तिघट्टाका २१ वर्षीय अमित राजवंशी पक्राउ परेका हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो। उनीविरूद्ध सोही नगरपालिका-८ टोकला चिया बगानमा किशारीमाथि बलात्कार गरेको उजुरी परेको थियो ।