Samajik Feed – News Portal from Nepal

भक्तपुर, २७ कार्तिक । भक्तपुरमा गएराति लक्ष्मीपूजाका क्रममा एक जनाको मृत्यु भएको छ । पूजा गर्ने क्रममा लुगामा दियो सल्किएर मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीकी ८३ वर्षीया सावित्रीदेवी दाहालको मृत्यु भएको हो ।

कपडामा आगो सल्केपछि आत्तिएर बैठक कोठामा लडेकी दाहालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *