Samajik Feed – News Portal from Nepal

जनकपुर उच्च अदालतले धमाधम मुद्दा फर्छ्यौट गर्दै, वैशाख महिनासम्म तीन हजार ११५ मुद्दा फर्छ्यौट

सामाजिक फीड–जनकपुरधाम, जेठ ४  गते । जनकपुर उच्च अदालतलेले न्याय सम्पादनमा तिब्रता दिएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म तीन हजार ११५ मुद्दा फर्छ्यौट गर्दै थप मुद्दामा समेत तिब्रता देखाएको हो । अदालतले लामो समयदेखि विचाराधीन रहेका मुद्दालाई प्राथमिकताका साथ टुङ्ग्याउने अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ । उच्च अदालतका शाखा अधिकृत गणेश पाण्डेका अनुसार पुरानो […]

सिरहामा भारतीय सुटर प्रयोग गरी एकजनाको हत्या अर्कामाथि पनि गोली प्रहार, तीन महिनाको अनुसन्धानपछि खुल्यो अपराधको पर्दा

सामाजिक फीड–जनकपुरधाम, वैशाख २९ गते । सिरहामा एउटै भारतीय सुटरको प्रयोग गरि एकजनाको हत्या र अर्का एकजनाको हत्याको प्रयास भएको खुलेको छ । सिरहा नगरपालिका–१ निवासी ४२ वर्षीय प्रेमनाथ यादवको हत्या भारतीय सुटर प्रयोग गरी योजनाबद्ध रूपमा गराइएको प्रहरीले खुलासा गरेको हो । तीन महिनासम्मको अनुसन्धानपछि प्रहरीले उनको हत्या पारिवारिक रिसइबीका कारण ‘सुपारी’ दिएर गराइएको निष्कर्षमा पुगेको […]

आजदेखि मधेश सहित देशभर सरसफाइ सप्ताह सुरु, सबै कार्यालयले यी कामहरु गनुपर्ने

सामाजिक फीड–जनकपुरधाम, वैशाख २८ गते । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सुरु भएको छ । सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सङ्घीय, प्रादेशिक र स्थानीय तहका सबै सरकारी कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थासमेत समेट्ने गरी यो अभियान सञ्चालन गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी […]

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेन, प्रहरीले गर्यो यस्तो आग्रह

सामाजिक फीड–जनकपुरधाम, वैशाख १७ गते । महोत्तरीमा मोटरसाइकको ठक्करबाट मृत्यु भएको महिलाको दुईदिनपछि समेत पहिचान खुल्न सकेको छैन । बर्दिबास जलेश्‍वर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएका करिब ५५ वर्षीया महिलाको पहिचान खुल्न नसकेपछि पोष्टमार्टम प्रक्रिया रोकिएको छ । मृत महिलाको सनाखतको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीले सम्पूर्णमा आग्रह गरेको छ । जलेश्‍वर नगरपालिका वडा नं।१ […]

सर्लाहीमा बाढीले बगाएको लखन्देही खोलाको बाँध पुननिर्माण नहुँदा २० वटा गाउँ बाढीको उच्च जोखिममा

सामाजिक फीड–जनकपुरधाम, वैशाख ८ गते । सर्लाहीमा बाढीले बगाएको लखन्देही खोलाको बाँध पुननिर्माण नहुँदा २० वटा गाउँ बाढीको उच्च जोखिममा जनकपुरधाम सर्लाहीको लखन्देही खोलाको बाँध पुननिर्माण नहुँदा २० वटा गाउँ बाढीको उच्च जोखिममा परेको छ । वर्षा एवं बाढीको याम नजिकिएसँगै उनीहरु त्रासमा बस्न बाध्य भएका हुन् । चक्रघट्टा गाउँपालिकास्थित सुन्दरपुरमा दुई वर्षअघि बाढीले लखन्देही […]

जनकपुरमा उद्यमशीलता सीप विकास कार्यक्रम सुरु

सामाजिक फीड–जनकपुरधाम, चैत २६ गते । नेपालस्थित अमेरिकी दूतावासले मधेश प्रदेशलाई लक्षित गर्दै उद्यमशीलता सीप विकास कार्यक्रम जनकपुरमा सुरु गरेको छ । इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (आईडीआई) र आद्यन्त एड्भाइजरीसँगको सहकार्यमा सञ्चालन गरिएको यो कार्यक्रम देशव्यापी पहलअन्तर्गत रहेको जनाइएको छ । कार्यक्रमको मुख्य उद्देश्य प्रारम्भिक चरणमा रहेका उद्यमीहरूलाई दिगो र प्रतिस्पर्धात्मक व्यवसाय निर्माण गर्न आवश्यक सीप […]

सर्लाहीको हरिवनमा डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग पुनः सञ्चालनमा आयो

सामाजिक फीड-जनकपुरधाम, चैत २६ गते । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनस्थित चापिनी खोलामा बनाइएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा केही घण्टा राजमार्ग अवरुद्ध भएको छ। बुधबार राति परेको भारी वर्षापछि आएको बाढीले हरिवनको तीनघरे र बासाटोलबीच पर्ने डाइभर्सन बगाउँदा बिहान करिब ४ बजेदेखि यातायात पूर्ण रूपमा ठप्प भएको थियो। राजमार्ग चार लेनमा स्तरोन्नति भइरहेका कारण पुरानो […]

मधेश प्रदेशः ब्राउन सुगरसहित तीन युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत २६ गते । सिरहामा ब्राउन सुगरसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका ३ बस्ने १९ वर्षीय अभिषेक मुखिया, गोलबजार नगरपालिका १२ बस्ने १९ वर्षीय अभिषेक मुखिया र सोही ठाउँका २१ वर्षीय अरविन सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी […]

सरकारले निजि विद्यालयहरुलाई भन्यो-शैक्षिक सत्रअघि विद्यार्थीसंग उठाएको सबै पैसा फिर्ता गर

सामाजिक फीड-जनकपुरधाम, चैत २५  गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि अभिभावकबाट असुलिएको शुल्क फिर्ता गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता ले बुधबार जारी गरेको विज्ञप्तिमार्फत कानुनविपरीत संकलित शुल्क विद्यार्थीलाई फिर्ता गर्न भनिएको हो। मन्त्रालयका अनुसार केही विद्यालयले अझै पनि प्रचलित कानुनविपरीत शुल्क उठाइरहेको गुनासो आएपछि गैरकानुनी रूपमा लिएको रकम […]

तमलोपा पार्टी र जसपा नेपाल पार्टीको एकीकरण भंग

सामाजिक फीड-जनकपुरधाम, चैत १८  गते । वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले जसपा नेपालसँग भएको एकीकरण तोडेको छ। गत मंसिर २४ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता प्रगतिशील पार्टी नेपाल र तमलोपा बीच एकीकरण भएको थियो। त्यसको करिब तीन सातापछि लोसपा र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच पनि एकता भएको थियो। तमलोपाका नेता रविशंकरकुमार कर्णले […]