Samajik Feed – News Portal from Nepal

दुर्गानन्द झाको स्मृतिमा श्रद्धांजलि सभा सम्पन्न

सामाजिक फीड – जनकपुरधाम, माघ १५ नेपाली कांग्रेसका नेता दुर्गानन्द झाको स्मृतिमा धनुषाको नगराइन नगरपालिका-९, जटहीस्थित उनको स्मारकमा श्रद्धांजलि सभा सम्पन्न भएको छ। २०१८ साल माघ ९ गते तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेको आरोपमा मृत्युदण्ड दिइएका झाले २०७२ सालमा नेपाल सरकारले शहीद घोषणा गरेका थिए। नेपाली कांग्रेस धनुषाका जिल्ला अध्यक्ष योगेन्द्र पंजियारको अध्यक्षता र […]

शहीद दुर्गानन्द झाको बलिदानको स्मरण गर्दै ६१औं बलिदानी दिवस मनाइयो

सामाजिक फीड – जनकपुरधाम, माघ १५ । गणतन्त्रका प्रथम शहीद दुर्गानन्द झाको ६१औं बलिदानी दिवस आज जनकपुरधाममा विभिन्न कार्यक्रम गरी मनाइएको छ। राजा महेन्द्रमाथि बम प्रहार गरी निरंकुश शासनविरुद्ध आवाज उठाएका दुर्गानन्द झाको योगदानको सम्झनामा संघसंस्थाहरूले विविध कार्यक्रमको आयोजना गरेका हुन्। दिवसको अवसरमा झाको जन्मथलो धनुषाको जटहीस्थित शालिकमा स्थानीय युवाहरूले माल्यार्पण गरेका छन्। नेपाली कांग्रेसका […]

प्लास्टिक संकलन र परिवारप्रतिको समर्पण डोमरी देवीको दिनचर्या

समाजिक फिड – जनकपुरधाम, माघ १४ l डोमरी देवी, मधेश प्रदेशको राजधानी जनकपुरधाममा बस्ने एक गरीब महिला हुन्। बिहान झिसमिसे उज्यालोमा उठेर एक कप चिया खाएर हँसिलो अनुहारसहित आफ्नो दिन सुरु गर्ने उनीसँग जीवनयापनका लागि सजिलो विकल्प थिएन। श्रीमानसँगै बस्ने भए पनि उनको परिवारको आर्थिक अवस्था निकै कमजोर छ। श्रीमान अशक्त भएकाले घरको पालनपोषणको सम्पूर्ण […]

नेपालमा यूएसएडका चार परियोजना ९० दिनका लागि स्थगित

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक सहायता ९० दिनका लागि स्थगित गर्न आदेश दिएपछि नेपालमा यूएसएडअन्तर्गत सञ्चालित चार परियोजना रोकिएका छन्। यूएसएडका प्रवक्ता महेश भट्टराईले विज्ञप्ति जारी गर्दै हेल्थ डाइरेक्ट फाइनान्सिङ, एग्रिकल्चर, एजुकेसन, र समावेशी नीति परियोजना ९० दिनका लागि स्थगित भएको जनाएका छन्। यूएसएडले यो अवधिमा कुनै नयाँ दायित्व […]

मिटरब्याज पीडितहरूको न्यायका लागि जनकपुरधाममा सडक आन्दोलन

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम । मिटरब्याज पीडितहरूको आर्थिक शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले जनकपुरधामबाट जनजागरण अभियानको शुरुवात गरेको छ। आज जनकपुरधामको सडकमा धर्ना बसेर अभियानको शुरुवात गरिएको हो, जसले सडक समेत अवरुद्ध बनायो। केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले मिटरब्याजको मुद्दा अझै राज्यको प्राथमिकतामा नपरेको भन्दै आक्रोश व्यक्त गरे। उनका अनुसार, संसदमा कानून बने पनि […]

धनुषामा दुई पाङ्ग्रे सवारी चालकलाई लक्षित गरी दुई मिनेट कार्यक्रम सुरु

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा तथा मातहतका पोष्टहरुद्वारा “दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट कार्यक्रम” सुरुवात भएको छ। कार्यक्रमको उद्देश्य दुई पाङ्ग्रे सवारी साधनको दुर्घटना जोखिम न्यूनीकरण, रोकथाम, र ट्राफिक सचेतना अभिवृद्धि गर्नु हो। यस क्रममा चालकलाई ट्राफिक नियम पालना, सुरक्षित यात्रा, र दुर्घटनाबाट जोगिने उपायबारे जानकारी दिइँदैछ। […]

धनुषामा एच.पी.भी. खोप अभियान सुरु

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा आगामी माघ २३ गतेदेखि एच.पी.भी. (Human Papillomavirus) खोप अभियान सुरु हुने भएको छ। नगर प्रमुख महेन्द्र महतोको अध्यक्षतामा भएको एक अभिमुखिकरण कार्यक्रममा स्वास्थ्यकर्मीहरुलाई खोप अभियान प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिइएको छ। स्वास्थ्य कार्यालय धनुषाका सिअहेब शिवजी दासले जानकारी दिएका छन् कि यो अभियान माघ […]

मधेश प्रदेशका कानुन कार्यान्वयन फितलो, सरोकारवालाको सहकार्यमा कमी

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम । मधेश प्रदेशमा निर्माण भएका कानुनहरुको कार्यान्वयन पक्ष कमजोर रहेको पाइएको छ। मधेश प्रदेशसभाबाट हालसम्म ६४ वटा कानुन निर्माण भए पनि तिनको प्रभावकारी कार्यान्वयनका लागि सरकारको सहकार्य, समन्वय र सहजीकरणको अभाव देखिएको छ। प्रदेशसभा सदस्य जितेन्द्र सोनलले कानुन कार्यान्वयन गर्ने निकायले किताब नै उपलब्ध गराउन नसकेको कारण कार्यान्वयन फितलो […]

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार, दुई पक्राउ, दुई फरार

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार: दुई पक्राउ, दुई फरार कैलाली – कैलालीको जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति जोशीपुर–१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षीय कुशल चौधरी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब […]

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’

सामाजिक फीड-माघ १४ गते – जनकपुरधाम अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्। आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो। अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले यो ‘रहस्यमय’ घटनाबारे आधिकारिक रूपमा बोल्न मानेका छैनन्। उनले अनुसन्धान भन्दै तीन दिन बितिसक्दासमेत घटनाबारे आधिकारिक रूपमा जानकारी दिएका छैनन्। […]