Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, फागुन २४ गते ।

नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। हरेक वर्ष मार्च ८ का दिन यो दिवस मनाउने गरिन्छ।

यस वर्ष “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने राष्ट्रिय नारासहित दिवस मनाइँदैछ। यद्यपि प्रतिनिधिसभा निर्वाचनका कारण अघिल्ला वर्षहरूजस्तो व्यापक कार्यक्रम भने आयोजना हुन सकेका छैनन्।
दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।

अन्तर्राष्ट्रिय महिला दिवसको इतिहास महिला अधिकारका लागि भएका आन्दोलनसँग जोडिएको छ। महिला मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भइरहेको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको मानिन्छ।

यसअघि सन् १९०८ मा सिकागोमा महिलाहरूले समान अधिकारको माग गर्दै विशाल प्रदर्शन गरेका थिए। महिला अधिकारका लागि भएको त्यही प्रारम्भिक आन्दोलनको स्मरणमा हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइँदै आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *