Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत ४ गते ।

बटेश्वर गाउँपालिकामा देखिएको लामखुट्टे नियन्त्रण, खानेपानी तथा सिँचाइ समस्याको समाधानका लागि बटेश्वरका युवाहरुले सुझाब पत्र बुझाएका छन् । बटेश्वर युवा सञ्जाल र बटेश्वर नागरिक समाजले संयुक्त रूपमा उक्त सुझावपत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवती पौडेललाई बुझाएको हो ।

पालिकालाई बुझाएको सुझावपत्रमा लामखुट्टे नियन्त्रणका उपाय, पानी जम्ने समस्या व्यवस्थापन, खानेपानी तथा सिँचाइको दीर्घकालीन समाधानका लागि आवश्यक पूर्वतयारी, इनार तथा बोरिङ मर्मत, नयाँ संरचना निर्माण तथा विपद् पूर्वतयारीका विषयहरू समेटिएका छन् । स्थानीय स्तरमा देखिएका समस्या समाधानका लागि गाउँपालिकाले तत्काल आवश्यक कदम चाल्नुपर्नेमा युवाहरुको जोड छ । वडा नं. ४ का वडाध्यक्षको उपस्थितिमा भएको सुझावपत्र हस्तान्तरण कार्यक्रममा बटेश्वर युवा सञ्जाल तथा नागरिक समाजका तर्फबाट सरोज कुमार महतो, राजिव महतो, अजय साह र बिभा महतोको सहभागिता रहेको थियो । सुझाव कार्यान्वयनको लागि बटेश्वर युवा सञ्जाल सहजीकरण गर्न तयार रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *