सामाजिक फीड-
जनकपुरधाम, फागुन २४ गते ।
जेनजी आन्दोलन सम्बन्धी प्रतिवेदन बुझाउन जाँचबुझ आयोगको टोली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई आज प्रतिवेदन बुझाउन पुगेका हुन् ।
प्रधानमन्त्री कार्कीलाई आयोगका कर्मचारीले प्रतिवेदन र कागजातहरु बुझाएपछि पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।