Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन २७ गते ।

व्यवस्थित एवं नमूना चोक बनाउन जनकपुरको रामानन्द चोकममा फ्लेक्जिबल स्प्रिङ पोष्ट निर्माण थालिएको छ । सौन्दर्यकरणको दृष्टिकोणले आकर्षकसँगै चुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यका बाहिर जनकपुरमा पहिलो पटक रामानन्द चोकमा फ्लेक्जिबल स्प्रिङ पोष्ट निर्माण थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर सूर्य बहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सडक डिभिजन कार्यालय जनकपुरले यो पोष्ट निर्माण थालेको हो ।

‘अबदेखि यो चोकमा भद्रगोल देखिएको ट्राफिक व्यवस्थापन हुनेछ, आकर्षक पनि देखिनेछ । विगत ६ महिनादेखि यो काम गर्ने मेरो प्लानिंग हो । तर स्रोत व्यवस्थापन नुहँदा रोकिरहेको थियो,’ उनले भने । ईन्सपेक्टर शाहीका अनुसार स्प्रिङ पोष्ट निर्माणपछि सवारी चालकले रामानन्द चोकमा मनलाग्दी कुनै बाटोटर्फ सवारी घुमाउँदै हुइकाउन पाइँदैन ।

चालकहरूले रामानन्द चोकमा जथाभावी यु–टर्न लिन्छन्। पोस्ट राखिसकेपछि सडकबाट सिधै मोड्न गाह्रो हुन्छ, जसले दुर्घटना कम गर्न मद्दत गर्छ। पिडारीचोकबाट आउने गाडी अब बजरंग चोकमा पुगेर मात्रै मोड्न पाइनेछ,’ उनले भने, ‘स्प्रिङ पोष्टले सडकका लेन छुट्याइदिन्छ, जसले गर्दा गाडीहरूले आफ्नो लेनमै चल्न बाध्य हुन्छन्।’

यो पोष्ट निर्माणपछि जेब्रा क्रसिङ नजिकमा सवारीसाधनको गति कम गर्न र व्यवस्थित चल्न समेत बाध्य बनाउने जसले गर्दा पैदलयात्रीलाई सुरक्षित रहने उनको दावी छ । उनका अनुसार सवारी साधनहरू व्यवस्थित लेनमा चल्दा जाम कम हुन्छ र ट्राफिक प्रवाह सहज हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *