Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन २५ गते ।

राष्ट्रिय सभा सदस्यमा निर्वाचित सदस्यहरूको शपथ आज हुँदैछ ।संसद् सचिवालयका अनुसार नवनिर्वाचित सदस्यहरुको आज दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको छ ।
सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा शपथ ग्रहण हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् ।
गत ११ माघमा राष्ट्रिय सभाको निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ ।
शपथमा आउँदा औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा आउन संसद् सचिवालयले नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूलाई भनेको छ ।
उनीहरूले निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एकरएक प्रति लिएर जानुपर्छ ।
यही २० फागुनमा कार्यकाल सकिएका १९ मध्ये १८ पदका लागि गत ११ माघमा निर्वाचन भएको थियो । एक जना राष्ट्रपतिबाट मनोनित सांसद रहेकाले उनको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिले नै मनोनीत गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *