रौतहटको चन्द्रपुरमा ट्रक-कार ठोक्किँदा वृद्धको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, मंसिर २६ गते । रौतहटमा ट्रक र कार ठोक्किएर एकजना वृद्धाको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित पूर्व(पश्चिम राजमार्गमा आज बिहान बागमती प्रदेश ०३-००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक–अर्कालाई ओभरटेक गर्ने क्रममा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा अन्दाजी ८०-९० वर्ष उमेरका एक वृद्धको […]
अनलाइन यौन दुर्व्यवहार र साइबर अपराध तीव्र रूपमा बढ्दै, किशोरी र महिलामाथि बढी जोखिम

सामाजिक फीड-जनकपुरधाम, मंसिर १८ गते । सामाजिक सञ्जालका विभिन्न प्लाटफर्ममार्फत यौन दुर्व्यवहारजन्य क्रियाकलाप बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ। साइबर ब्यूरो भोटाहिटीका अनुसार डिजिटल हिंसासम्बन्धी दर्ता हुने ८ उजुरीमध्ये १ वटा अनलाइन यौन दुर्व्यवहारसँग सम्बन्धित हुन्छ। प्रहरी नायब निरीक्षक राधिका ठकुरीका अनुसार डिजिटल हिंसामा पुरुषभन्दा महिलाहरू बढी प्रभावित छन्, विशेष गरी किशोरी र बालिकाहरू। सामाजिक […]
अन्तरजातीय विवाह गरेका युवक प्रहरीको थुनामा

सामाजिक फीड-जनकपुरधाम, मंसिर १४ गते । अन्तरजातीय विवाह गरेका एक युवकलाई सिरहामा प्रहरीले थुनामा राखेको घटना बाहिरिएको छ । गैरदलित युवतीसँग प्रेम विवाह गरेका सुखीपुर नगरपालिका ५ का २१ वर्षीय अमृतकुमार मोचीलाई प्रहरीले गैरकानुनी ढंगले शुक्रबार रातिदेखि थुनामा राखेको पाइएको हो । शनिवार राति अमृतलाई सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीको पुल छेउबाट प्रहरीले […]
बारामा पानी उद्योगका कर्मचारीको घाँटी रेटिएको अवस्थामा शव फेला

सामाजिक फीड-जनकपुरधाम, मंसिर १२ गते । बाराको प्रसौनी गाउँपालिका-६ भलुहीस्थित एक पानी उद्योगमा कार्यरत कर्मचारीको हत्या भएको छ। उद्योगमा काम गर्दै आएका रामकिशोर सिंह मृतावस्थामा फेला परेका हुन्। उनको घाँटी रेटिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। ४२ वर्षीय सिंह सर्लाहीको धनकौल गाउँपालिकाका स्थायी निवासी हुन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनाबारे जानकारी बिहान करिब […]
विवाह पञ्चमीमा सफाइ गरेको भन्दै २१ सफाइकर्मी सम्मानित

सामाजिक फीड-जनकपुरधाम, मंसिर १० गते । सीताराम विवाहपञ्चमी महोत्सवमा सरसफाइ गरेको भन्दै २१ जना सफाइकर्मी सम्मानित भएका छन् । विवाह पञ्चमीको अन्तिम दिन आज जनकपुरधामस्थित जानकी मन्दिरले पहिलो पटक २१ जना सरसफाइकर्मीलाई विशेष सम्मान प्रदान गरेको हो । मन्दिर परिसरमा निर्माण गरिएको विवाहमञ्चमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सरसफाइमा निरन्तर खटिनेमध्ये २१ जनालाई […]
विवाहपञ्चमीमा भिड व्यवस्थापनका लागि मन्दिर क्षेत्रमा प्रवेश निषेध

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । विवाहपञ्चमी महोत्सवमा भक्तजनको भीड बढेसँगै जानकी मन्दिर वरिपरिको क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ। सीताराम विवाह महोत्सवमा भीड व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले विशेष गुरु योजना तयार गरी लागू गरेको हो। धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीका अनुसार महोत्सव अवधिभरका लागि १४० जना ट्राफिक […]
जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइयो

सामाजिक फीड-जनकपुरधाम, मंसिर ७ गते । सीताराम विवाह पञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइएको छ । आइतबार जनकपुरधाममा शोभा यात्रापछि जानकी मन्दिरमा चुनरी माता जानकीलाई चढाइएको हो । भारतको सुरतको जीन माता ट्रस्टले पठाएको चुनरी माता जानकीलाई चढाएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाले जानकारी दिए । ट्रस्टले यस अघि पनि […]
ठगी तथा अपराध मुद्दाका फरार कुशवाहा मलेसियाबाट पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर २ गते । इन्टरपोलले रेड नोटिस जारी गरेका एक फरार अभियुक्त मलेसियामा पक्राउ परेका छन्। ठगी तथा संगठित अपराध मुद्दामा रेड नोटिस जारी भएका रौतहट कटहरिया नगरपालिका–१ का आकाशप्रसाद कुशवाहा एनसिबी क्वालालम्पुरको समन्वयमा पक्राउ परेका हुन्। मलेसियामा पक्राउ परेका कुशवाहालाई सम्बन्धित मुद्दामा कारबाहीका लागि शनिबार नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ। उनी […]
धनुषामा सर्प महोत्सव

सामाजिक फीड-जनकपुरधाम, मंसिर १ गते । धनुषाको मिथिला बिहारी नगरपालिका–२, पुरन्दाहामा आइतबारदेखि दुई दिने सर्प महोत्सव सुरु भएको छ । ‘सर्पको महत्व बुझौँ, सहअस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ’ भन्ने मूल नारासहित कल्चरल भिलेजमा महोत्सव आयोजना गरिएको हो । मिथिला वाइल्ड लाइफ ट्रस्ट र सेभ द लाइफको संयुक्त आयोजनामा भइरहेको महोत्सवको उद्घाटन सर्पदंश उपचार […]
धनुषामा वडा अध्यक्षको गोली दागेर हत्या गर्ने प्रहरीसहित चारजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कात्तिक ३० गते । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडा अध्यक्ष विन्देश्वर यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय ३५ वर्षीय शम्भु कुमार यादव, ३० वर्षीय धर्मनाथ यादव, २८ वर्षीय पप्पु यादव र २८ वर्षका मनोज कुमार यादव छन् । गत कार्तिक २८ गते साँझ स्थानीय […]