Samajik Feed – News Portal from Nepal

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेन, प्रहरीले गर्यो यस्तो आग्रह

सामाजिक फीड–जनकपुरधाम, वैशाख १७ गते । महोत्तरीमा मोटरसाइकको ठक्करबाट मृत्यु भएको महिलाको दुईदिनपछि समेत पहिचान खुल्न सकेको छैन । बर्दिबास जलेश्‍वर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएका करिब ५५ वर्षीया महिलाको पहिचान खुल्न नसकेपछि पोष्टमार्टम प्रक्रिया रोकिएको छ । मृत महिलाको सनाखतको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीले सम्पूर्णमा आग्रह गरेको छ । जलेश्‍वर नगरपालिका वडा नं।१ […]

सर्लाहीमा बाढीले बगाएको लखन्देही खोलाको बाँध पुननिर्माण नहुँदा २० वटा गाउँ बाढीको उच्च जोखिममा

सामाजिक फीड–जनकपुरधाम, वैशाख ८ गते । सर्लाहीमा बाढीले बगाएको लखन्देही खोलाको बाँध पुननिर्माण नहुँदा २० वटा गाउँ बाढीको उच्च जोखिममा जनकपुरधाम सर्लाहीको लखन्देही खोलाको बाँध पुननिर्माण नहुँदा २० वटा गाउँ बाढीको उच्च जोखिममा परेको छ । वर्षा एवं बाढीको याम नजिकिएसँगै उनीहरु त्रासमा बस्न बाध्य भएका हुन् । चक्रघट्टा गाउँपालिकास्थित सुन्दरपुरमा दुई वर्षअघि बाढीले लखन्देही […]

जनकपुरमा उद्यमशीलता सीप विकास कार्यक्रम सुरु

सामाजिक फीड–जनकपुरधाम, चैत २६ गते । नेपालस्थित अमेरिकी दूतावासले मधेश प्रदेशलाई लक्षित गर्दै उद्यमशीलता सीप विकास कार्यक्रम जनकपुरमा सुरु गरेको छ । इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (आईडीआई) र आद्यन्त एड्भाइजरीसँगको सहकार्यमा सञ्चालन गरिएको यो कार्यक्रम देशव्यापी पहलअन्तर्गत रहेको जनाइएको छ । कार्यक्रमको मुख्य उद्देश्य प्रारम्भिक चरणमा रहेका उद्यमीहरूलाई दिगो र प्रतिस्पर्धात्मक व्यवसाय निर्माण गर्न आवश्यक सीप […]

सर्लाहीको हरिवनमा डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग पुनः सञ्चालनमा आयो

सामाजिक फीड-जनकपुरधाम, चैत २६ गते । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनस्थित चापिनी खोलामा बनाइएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा केही घण्टा राजमार्ग अवरुद्ध भएको छ। बुधबार राति परेको भारी वर्षापछि आएको बाढीले हरिवनको तीनघरे र बासाटोलबीच पर्ने डाइभर्सन बगाउँदा बिहान करिब ४ बजेदेखि यातायात पूर्ण रूपमा ठप्प भएको थियो। राजमार्ग चार लेनमा स्तरोन्नति भइरहेका कारण पुरानो […]

मधेश प्रदेशः ब्राउन सुगरसहित तीन युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत २६ गते । सिरहामा ब्राउन सुगरसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका ३ बस्ने १९ वर्षीय अभिषेक मुखिया, गोलबजार नगरपालिका १२ बस्ने १९ वर्षीय अभिषेक मुखिया र सोही ठाउँका २१ वर्षीय अरविन सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी […]

सरकारले निजि विद्यालयहरुलाई भन्यो-शैक्षिक सत्रअघि विद्यार्थीसंग उठाएको सबै पैसा फिर्ता गर

सामाजिक फीड-जनकपुरधाम, चैत २५  गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि अभिभावकबाट असुलिएको शुल्क फिर्ता गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता ले बुधबार जारी गरेको विज्ञप्तिमार्फत कानुनविपरीत संकलित शुल्क विद्यार्थीलाई फिर्ता गर्न भनिएको हो। मन्त्रालयका अनुसार केही विद्यालयले अझै पनि प्रचलित कानुनविपरीत शुल्क उठाइरहेको गुनासो आएपछि गैरकानुनी रूपमा लिएको रकम […]

तमलोपा पार्टी र जसपा नेपाल पार्टीको एकीकरण भंग

सामाजिक फीड-जनकपुरधाम, चैत १८  गते । वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले जसपा नेपालसँग भएको एकीकरण तोडेको छ। गत मंसिर २४ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता प्रगतिशील पार्टी नेपाल र तमलोपा बीच एकीकरण भएको थियो। त्यसको करिब तीन सातापछि लोसपा र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच पनि एकता भएको थियो। तमलोपाका नेता रविशंकरकुमार कर्णले […]

ट्रम्पको नजर इरानको युरेनियममा: बल प्रयोगको चेतावनी, युद्धको जोखिम बढ्दो

सामाजिक फीड-जनकपुरधाम, चैत १७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जमिनमै सैन्य कारबाही गर्ने सम्भावना बढेको संकेत दिएका छन्।द वाल स्ट्रिट जर्नल रिपोर्टको अनुसार ट्रम्पको लक्ष्य इरानसँग रहेको समृद्ध युरेनियम भण्डार नियन्त्रणमा लिनु हो। हाल इरानसँग करिब ४०० किलोग्राम समृद्ध युरेनियम रहेको अनुमान छ, जसलाई आणविक हतियार निर्माणमा प्रयोग गर्न सकिन्छ। ट्रम्पले आफ्ना निकट सहयोगीहरूलाई इरानले […]

मुग्लिन-नागढुंगा सडकखण्डमा आज देखि तीन रात सवारी बन्द हुने

सामाजिक फीड-जनकपुरधाम, चैत १७ गते । मुग्लिन-नागढुंगा सडकखण्ड मंगलबारदेखि तीन दिनसम्म राति बन्द हुने भएको छ। सडक स्तरोन्नति कार्यलाई तीव्र बनाउन चैत १७ गतेदेखि लगातार तीन दिनसम्म प्रत्येक राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको हो। जिल्ला प्रशासन कार्यालय, चितवन ले अत्यन्त जरूरी सूचना जारी गर्दै यसबारे जानकारी दिएको छ। चितवनका सहायक प्रमुख […]

धनुषामा नालीमा भेटियो अन्दाजी ७० वर्षीय पुरुषको शव

सामाजिक फीड-जनकपुरधाम, चैत ५ गते । धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। क्षिरेश्वरनाथ नगरपालिका-४ चन्द्रपुरस्थित नालीमा करिब ७० वर्षका एक पुरुषको शव भेटिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। प्रहरीका अनुसार मृतकको पहिचान अझै खुल्न सकेको छैन। उक्त शव बुधबार नालीमा फेला परेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। फाएजा फहमीदाफाएजा फहमीदा […]