सिरहामा बलात्कार आरोपमा प्रहरी जवान पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन १८ गते । सिरहा प्रहरीले जबर्जस्ती करणी आरोपमा नेपाल प्रहरीका एक जवानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय, लहानमा कार्यरत प्रहरी जवान नवीन यादव रहेका छन्। एक महिलाले यादवविरुद्ध बिहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन्। यस आधारमा सिरहा प्रहरीले यादवलाई फागुन १५ […]
नेपालमा नि:शुल्क बाल क्यान्सरको औषधि छिट्टै आइपुग्ने

सामाजिक फीड–जनकपुरधाम, फागुन १ गते । नेपालले नि:शुल्क पाउने भनिएको बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि छिट्टै आइपुग्ने भएको छ। अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलको सहकार्यमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई ३५ प्रकारका अत्यावश्यक औषधि नि:शुल्क उपलब्ध गराउने भएको हो। डब्लुएचओ र नेपालबीच अघिल्लो वर्ष २७ मार्चमा भएको सम्झौता अनुसार नेपालले आगामी पाँच […]
मधेश प्रदेशमा नसर्ने रोग पहिचानका लागि एक महिने अभियान सुरु

सामाजिक फीड–जनकपुरधाम, फागुन १ गते । “समयमै नसर्ने रोगको जाँच गराऔं, स्वास्थ्य र दीर्घ जीवन बचाऔं” भन्ने मूल नाराका साथ बिहीबार जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालाको प्रांगणमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अभियानको उद्घाटन गर्नुभएको हो।मन्त्री सिंहका अनुसार, यो अभियान मधेश प्रदेश मात्र नभई सातै प्रदेशमा एकसाथ सञ्चालन भइरहेको छ। उहाँले रोग लागेपछि उपचार […]
तलबभत्ता नपाएपछि मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी

सामाजिक फीड–जनकपुरधाम, फागुन १ गते । मधेश कृषि विश्वविद्यालयका उपप्राध्यापक तथा कर्मचारीहरूले पछिल्लो ६ महिनादेखि तलबभत्ता नपाएको भन्दै विश्वविद्यालय प्रशासनमा तालाबन्दी गरेका छन्। बिहीबार बिहान विश्वविद्यालय प्रशासनिक भवनमा उपकुलपति डा. वैधनाथ महतोलाई बाहिर निकालेर उपप्राध्यापक तथा कर्मचारीहरूले तालाबन्दी गरेका हुन्। विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक तथा कर्मचारीहरूले क्षतिपूर्तिसहित नियमावलीअनुसारको तलबभत्ता तथा अन्य सुविधा पाउनुपर्ने माग राख्दै आएका […]
पर्सामा भारतीय नागरिकको शंकास्पद मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते । पर्सा जिल्लाको पश्चिमीभेग ठोरी गाउँपालिकामा एकजना भारतीय नागरिकको हत्या भएको आशंका गरिएको छ। ठोरी गाउँपालिका – ४ बाघमोर्चा पुल नजिकै आज भारतीय पुरुष हत्या गरी फालिएको शंकास्पद अवस्थामा शव भेटिएको हो । गाउँलेहरूले शव हेरेर प्रहरीलाई खबर गरेका थिए भने मृतक भारतीय नागरिक भारत बिहार पश्चिमी चम्पारणका ५१ वर्षीय […]
जसपा भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभिने

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभिने भएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका छवटा अध्यादेशमध्ये पाँचवटा अध्यादेशलाई जसपाले सकारात्मक रूपमा हेरे पनि भूमि सम्बन्धी अध्यादेशका सन्दर्भमा सुरू देखिनै फरक मत राख्दै आएको थियो।मंगलबार बसेको जसपा संसदीय दलको बैठकले भूमि सम्बन्धी अध्यादेशको विपक्षमा […]
सीके लालको “सियाराम राज्यको परिकल्पना: साहित्य र अर्थराजनीति” मा विचार

जनकपुरधाम,माघ २५ गते । जनकपुरधाममा विहिबारदेखि छैठौं जनकपुर साहित्य महोत्सवको थालनी भएको छ। नव मिथिला फाउण्डेशनको आयोजनामा “धरातल, संस्कृती र संस्कारको उत्सव” नाराका साथ शुरु भएको महोत्सव जनकपुरधामको राम मन्दिरको राम पार्कमा आयोजित गरिएको हो। महोत्सवको पहिलो दिन उद्घाटन सत्रमा नेपालका प्रख्यात राजनीतिक विश्लेषक सीके लालले “सियाराम राज्यको परिकल्पना: साहित्य र अर्थराजनीति” विषयमा आफ्नो विचार […]
अनियन्त्रित सामाजिक सञ्जाललाई मर्यादित बनाउन खोजिएको : योगेश भट्टराई

सामाजिक फीड- जनकपुरधाम माघ २३ गते नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने नभई नियमन गर्न खोजिएको बताएका छन् । बुधबार आयोजना भएको एक पत्रकार समेलन अन्तरक्रिया कार्यक्रममा भट्टराईले सामाजिक सञ्जाल चलाउनेहरू स्वनियमनमा बस्नु पर्ने ताएका हुन् I अन्यथा सरकारले नियन्त्रण गर्नुपर्ने उनको को धारणा छ । ‘दण्ड सजायको उद्देश्य होइन, स्वनियमनको उद्देश्य […]
छैटौं जनकपुर साहित्य महोत्सव माघ २४-२६ गते आयोजना हुँदै

सामाजिक फीड- जनकपुरधाम माघ २२ गते – जनकपुरधाममा विगत पाँच वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको नव मिथिला फाउन्डेसनद्वारा ‘जनकपुर साहित्य महोत्सव’ यस वर्ष छैटौं संस्करणमा प्रवेश गर्दैछ। तीन दिवसीय महोत्सव माघ २४, २५, र २६ गते जनकपुरधामको ऐतिहासिक राम मन्दिर पार्कमा आयोजना गरिनेछ। यस छैटौं संस्करण महोत्सवमा साहित्य, शिक्षा, पर्यटन, नीति निर्माण, अर्थतन्त्र, सुशासन, […]
तस्करी आशंकामा बाराबाट मालबाहक ट्रक पक्राउ

सामाजिक फीड- जनकपुरधाम माघ २२ गते – तस्करीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। गत सोमबार जितपुर सिमरा उपमहानगरपालिका-७ बाट राति साढे ११ बजे प्रहरीले लु१ख ७९६९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो। वीरगन्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ट्रकमा बिल बिजक भन्दा बढीको सामान देखिएपछि नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक […]