नेपालमा इन्टरनेट सेवा अवरुद्ध, एयरटेल भुक्तानी रोकिएपछि समस्या

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । नेपालमा इन्टरनेट सेवा प्रभावित भएको छ। आइतबार साँझ ८ बजेदेखि विभिन्न इन्टरनेट सेवा प्रदायकका ग्राहकले इन्टरनेट समस्या भोगिरहेका छन्। इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान) का अध्यक्ष सुधीर पराजुलीका अनुसार भारतीय इन्टरनेट कम्पनी एयरटेल डाउन भएकाले सेवा अवरुद्ध भएको हो। पराजुलीले भने, “एयरटेलले नेपाललाई उपलब्ध गराउने इन्टरनेट सेवा २ घण्टादेखि […]
नेपालगञ्ज र धनगढीमा आज उच्च तापक्रम भोलि केही स्थानमा वर्षा र हिमपातको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । महाशाखाका अनुसार आज देशभर मौसम सामान्यतया सफा रहनेछ । तर, भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । त्यसैगरी, भोलि मधेश र कोशी प्रदेशका तराई क्षेत्रहरूमा लागेको हुस्सु र कुहिरो मध्यान्हपछि क्रमिक रूपमा हट्दै जानेछ । […]
नेपालको व्यापार घाटा ७ खर्ब २३ अर्ब रुपैयाँ नाघ्यो

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालको व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले वृद्धि भएको हो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ९.८ प्रतिशतभन्दा […]
तराई वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा दास चयन

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । तराई वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा रौतहटका हृदय नारायण दास चयन भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी निकट फोरमको बैठकले दासको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति पुनर्गठन गरेको हो। कार्यसमितिमा प्रथम उपाध्यक्ष संजय चौधरी, द्वितीय उपाध्यक्ष खातुन राईन, तृतीय उपाध्यक्ष निर्मल राय आमात्य, महासचिव बिरेन्द्र कुमार यादव, सचिव हाकिम राय, तथा […]
न्यूनतम विद्यार्थी सङ्ख्या तोक्दा एसईई परीक्षा केन्द्र टाढा हुने जोखिम

सामाजिक फीड-जनकपुरधाम , माघ २० गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को केन्द्र निर्धारण गर्दा न्यूनतम विद्यार्थी सङ्ख्याको मापदण्ड तोक्नाले परीक्षा केन्द्र टाढा जानुपर्ने जोखिम बढेको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाएर दुर्गम, हिमाली, पहाडी र तराई/मधेस क्षेत्रमा परीक्षा केन्द्र तोक्नका लागि न्यूनतम विद्यार्थी […]
ध्वनी प्रदूषण नियन्त्रणको माग गर्दै प्रशासनमा निवेदन

सामाजिक फीड-जनकपुरधाम , माघ २० गते । धनुषामा शरस्वती पूजाको अवसरमा ध्वनी प्रदूषण नियन्त्रणको माग गर्दै स्थानीय नागरिकहरूले प्रमुख जिल्ला अधिकारीलाई निवेदन बुझाएका छन्। निवेदनमा, विभिन्न चौक, विद्यालय र क्याम्पसहरूमा अस्लिल भोजपुरी गीतहरूको डी.जे. बजाएर सभ्य समाजको संस्कृति माथि प्रहार गरिने र यौन शोषणको जोखिममा बालिकाहरू पर्ने चिन्ता व्यक्त गरिएको छ। निवेदक अधिवक्ता रेखा झा, […]
अमेरिकाले आयातीत वस्तुमा कडाइ, चीन, क्यानडा र मेक्सिको प्रभावित

सामाजिक फीड-जनकपुरधाम , माघ २० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा नयाँ ट्यारिफ (शुल्क) लागू गर्ने निर्णय गरेका छन्। उक्त निर्णय १ फेब्रुअरी २०२५ (१९ माघ २०८१) देखि प्रभावकारी भएको छ। ओभल अफिसमा आयोजित मिडिया ब्रिफिङका क्रममा ट्रम्पले यो जानकारी दिएका हुन्। नयाँ नीतिअनुसार, अमेरिकाले मेक्सिको र क्यानडाबाट […]
प्रभु साहविरुद्ध अवहेलना मुद्दा, अदालत परिसरमा धम्कीको आरोप

सामाजीक फीद, जनकपुरधाम, माघ २० गते । रौतहट जिल्ला अदालतमा आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ। बौधिमाई नगरपालिकाका मेयर प्रदीपकुमार यादवले अदालतको अपमान गरेको भन्दै शुक्रबार मुद्दा दर्ता गराएका हुन्। साहले केही दिनअघि फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भन्दै टिप्पणी गरेका थिए। साथै, महासचिव त्रिभुवन […]
नेपाललाई भारतको अनुदान रकम यथावत, भुटानलाई सर्वाधिक सहायता

सामाजीक फीद, जनकपुरधाम, माघ २० गते । भारतले नेपाललाई दिने अनुदान रकम यस वर्ष पनि यथावत् राख्ने भएको छ। भारतीय संसदमा शनिबार प्रस्तुत भएको २०२५/२६ को बजेटमा विदेश मन्त्रालय अन्तर्गत नेपालका लागि ७०० करोड भारतीय रुपैयाँ (भारु) अनुदान छुट्याइएको छ। नेपाल भारतबाट दोश्रो उच्च अनुदान पाउने मुलुक बनेको छ भने भुटान पहिलो स्थानमा छ। भुटानलाई […]
ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी, करोडौँको क्षति

सामाजिक फीड-जनकपुरधाम , माघ १८ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका-७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल प्लास्टिक उद्योगमा आज बिहान आगलागी भएको छ। विद्युत् सर्ट भएर राति लागेको आगोले उद्योग सञ्चालनकर्ताको घर र छिमेकीको घरमा क्षति पुर्यायो। उद्योगका सम्पूर्ण उपकरण, सामग्री र कच्चा पदार्थ नष्ट भएको बताइएको छ। उद्योग संचालक रामछविला साहका अनुसार आगलागीबाट रु ७ […]