Samajik Feed – News Portal from Nepal

रासायनिक मल कारखाना स्थापनाका लागि स्थलगत अध्ययन सुरु

सामाजिक फीड- मंसिर ७, जनकपुरधाम । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा रासायनिक मल उत्पादनका लागि कारखाना स्थापनाको सम्भाव्यता अध्ययन सुरु भएको छ। काठमाडौं विश्वविद्यालय (केयू) को प्राविधिक टोलीले वार्षिक दुई लाख टन मल उत्पादन गर्ने क्षमताको कारखाना स्थापनाका लागि स्थलगत अध्ययन थालेको हो। गाउँपालिका र केयूबीचको समझदारीअनुसार अध्ययनका क्रममा आवश्यक कच्चा पदार्थ, जस्तै हाइड्रोजन, नाइट्रोजन, र कार्बन […]

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का प्रमुखसहित ४ जनाविरुद्ध पक्राउ पूर्जी जारी

सामाजिक फीड- ११ मंसिर जनकपुरधाम । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का प्रशासन प्रमुख जितेन्द्र यादवसहित चारजनालाई ठगी तथा सरकारी छाप र दस्तखत किर्ते प्रकरणमा पक्राउ पूर्जी जारी भएको छ। परिषद्का प्रमुख यादव, पूर्वनिर्देशक बलराम ठाकुर, लेखापाल सावित्री गिरी, र जिन्सी शाखा प्रमुख मदन चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेपछि जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएको […]

जनकपुरधामका शैक्षिक संस्थाहरू मंगलबारदेखि खुल्ने

सामाजिक फीड ,जनकपुरधाम मङ्सिर १० विगत एक हप्ताभन्दा बढी समयदेखि बन्द रहेका जनकपुरधामका शैक्षिक संस्थाहरू मंगलबारदेखि सञ्चालन हुने भएका छन्।जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा सोमबार बसेको वृहत् बैठकले मंगलबारदेखि विद्यालय सञ्चालन गर्ने सहमति गरेको हो। संघका सचिव नरेन्द्र बिक्रम साहका अनुसार छात्रवृत्तिको विषयलाई समाधान गर्न एक महिनाभित्र समिति गठन गर्ने निर्णय भएको छ।सचिव साहले जनकपुरधाम […]

जनकपुर ह्याकाथन २०२४: शीर्ष ३ विजेताहरू सम्मानित

सामाजिक फीड, जनकपुरधाम, १० मंसिर २०८१, सोमवार जनकपुरधाममा पहिलो पटक “जनकपुर ह्याकाथन २०२४” दुई दिवसीय प्रविधिक प्रतिस्पर्धा सम्पन भएको छ। मंसिर ८ र ९ गत्ते चलेको ह्याकाथन कार्यक्रम जनकचोकमा सम्पन्न भएको हो । ह्याकाथनमा सहभागी हुने युवाहरूलाई आफ्नो सिर्जनात्मकता र आइडियाहरूलाई जीवन्त बनाउनको लागि सुनौलो अवसर प्रदान गरिएको नीलगाई टेक कम्पनीका सह- संस्थापक दीपक शाहले […]

अपहरण र फिरौती प्रकरण: पत्रकारिताको खोल ओढेका दुई व्यक्ति पक्राउ

सामाजिक फीड, जनकपुरधाम, १० मंसिर २०८१, सोमवार पर्सा प्रहरीले आइतबार अपहरण र फिरौतीको आरोपमा हरिशंकर शर्मा र सुरेश दासलाई पक्राउ गरेको छ। हरिशंकर शर्मा आफूलाई विवादित संगठन समाजवादी प्रेस संगठन नेपाल पर्सा शाखाको उपाध्यक्ष बताउँदै आएका थिए। प्रहरीका अनुसार, बारा जिल्लाको बारागढी गाउँपालिका–१ निवासी मोहन ठाकुरका छोरा हरिशंकर शर्मा र वीरगंज महानगरपालिका–१६ निवासी सुरेश दासले […]

महिलाको शव फाल्ने युवक पक्राउ

सामाजिक फीड, जनकपुरधाम, १० मंसिर २०८१, सोमवार मध्यरातमा महिलाको शव बोकेर सडक छेउमा फाल्ने दृश्य सीसीटीभी फुटेजमा कैद भएपछि प्रहरीको अनुसन्धानले चाँडै नै घटनामा संलग्न युवकलाई पक्राउ गर्न सफल भएको छ। यो घटना मङ्सिर ७ गते काठमाडौंको कालीमाटीमा घटेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जीसीका अनुसार घटनामा संलग्न बझाङका २२ वर्षीय […]

राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने

सामाजिक फीड, जनकपुरधाम, १० मंसिर २०८१, सोमवार राहदानी विभागले सेवा पूर्णरूपमा सञ्चालनमा ल्याउन अझै एकदेखि दुई साता लाग्ने जानकारी गराएको छ। विभागले आइतबार सूचना जारी गर्दै प्रणालीमा देखिएको भाइरसको जोखिमलाई नियन्त्रण गर्न सेवा बन्द गर्नुपरेको स्पष्टीकरण दिएको छ। विभागका अनुसार राहदानी आवेदन प्रणालीमा भाइरस प्रवेश गरेपछि सुरक्षालाई ध्यानमा राख्दै तत्कालै सेवा रोकिनु परेको हो। यद्यपि, […]

रवि लामिछानेको हिरासत म्याद थप्दै १५ दिनको लागि राख्न आदेश

सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले म्याद थप गरिदिएको छ । न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछाने सहित अन्य तीन जनालाई १५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछाने सहित पूर्व डीआईजी […]

ड्रागन फ्रुट खेतीको फाइदा: वार्षिक १५ लाखको आय आर्जन

सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाएका छन् । ६ रोपनीमा रु ३० लगानी गरेर खेती सुरु गरेका उनले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गरेका छन् । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार […]

मन्त्री पौडेलद्वारा अंग दान गर्ने परिवारलाई रु. २ लाख सहयोगको घोषणा

सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्। यसअघि मानव अंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका […]

error: Content is protected !!