Samajik Feed – News Portal from Nepal

रौतहटबाट १० लाख रुपैयाँसहित एक भारतीय पक्राउ

सामाजिक फीड-जनकपुरधाम, वैशाख ७ गते । रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत अबैध १० लाख नेपाली रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रवेश कार्कीको कमाण्डमा गएको टोलीले वडा ६ पथराबुधरामबाट स्रोत नखुलेको अबैध १० लाख नेपाली रूपैयाँसहित भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बजारका २३ वर्षीय […]

रौतहटमा ट्याक्टरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

सामाजिक फीड-रौतहट, चैत २९ गते । रौतहटको पश्चिमी भेग मौलापुर नगरपालिका स्थित ट्याक्टरले मोटरसाईकल लाई ठक्करदिदाँ मोटरसाईकलमा सवार श्रीमतिको  मृत्यु भएको छ  भने चालक श्रीमान घाईते भएका छन्। गएराती मौलापुरबाट गम्हरिया गाँउ तर्फ गईगरेको प्रदेश २–०३–००१ त ३५२४ नम्बरको ट्याक्टरले विपरित दिसाबाट आईरहेको ना ६० प ३४३८ नम्बरको मोटरसाइकललाई मौलापुर ३ नौलाखा गेट नजिकै ठक्कर दिएको […]

बागमती खोलामा डुबेर एक युवकको मृत्यु

सामाजिक फीडजनकपुरधाम, चैत २७ गते । बागमती खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको वृन्दावन नगरपालिका–१ बलेरीको बस्ने तमाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजा छन् । बागमती खोलाको उत्खननपछि बनेको खाडलमा जमेको पानीमा डुबेर मंगलबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर […]

आज रामनवमी मनाइँदै, सार्वजनिक बिदा

सामाजिक फीड-जनकपुरधाम, चैत २४ गते चैत्र शुक्ल नवमीका अवसरमा आज भगवान् श्रीरामको जन्मोत्सव रामनवमी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरू आजको दिनलाई भगवान् रामचन्द्रको अवतरण दिवसका रूपमा विशेष पूजा–आराधना, व्रत, जप, पाठ र भजनकीर्तन गरेर मनाउने परम्परा छ। धार्मिक विश्वास अनुसार त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याका जेठा सुपुत्रका रूपमा श्रीरामको जन्म चैत्र […]

मिथिलाञ्चलमा चैती छठको दोस्रो दिन आज खरना मनाइँदै

रासस-जलेश्वर, चैत २० गते । सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै छ । धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको आज दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर […]

सिरहामा बलात्कार आरोपमा प्रहरी जवान पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन १८ गते । सिरहा प्रहरीले जबर्जस्ती करणी आरोपमा नेपाल प्रहरीका एक जवानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय, लहानमा कार्यरत प्रहरी जवान नवीन यादव रहेका छन्। एक महिलाले यादवविरुद्ध बिहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन्। यस आधारमा सिरहा प्रहरीले यादवलाई फागुन १५ […]

नेपालमा नि:शुल्क बाल क्यान्सरको औषधि छिट्टै आइपुग्ने

सामाजिक फीड–जनकपुरधाम, फागुन १ गते । नेपालले नि:शुल्क पाउने भनिएको बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि छिट्टै आइपुग्ने भएको छ। अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलको सहकार्यमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई ३५ प्रकारका अत्यावश्यक औषधि नि:शुल्क उपलब्ध गराउने भएको हो। डब्लुएचओ र नेपालबीच अघिल्लो वर्ष २७ मार्चमा भएको सम्झौता अनुसार नेपालले आगामी पाँच […]

मधेश प्रदेशमा नसर्ने रोग पहिचानका लागि एक महिने अभियान सुरु

सामाजिक फीड–जनकपुरधाम, फागुन १ गते । “समयमै नसर्ने रोगको जाँच गराऔं, स्वास्थ्य र दीर्घ जीवन बचाऔं” भन्ने मूल नाराका साथ बिहीबार जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालाको प्रांगणमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अभियानको उद्घाटन गर्नुभएको हो।मन्त्री सिंहका अनुसार, यो अभियान मधेश प्रदेश मात्र नभई सातै प्रदेशमा एकसाथ सञ्चालन भइरहेको छ। उहाँले रोग लागेपछि उपचार […]

तलबभत्ता नपाएपछि मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी

सामाजिक फीड–जनकपुरधाम, फागुन १ गते । मधेश कृषि विश्वविद्यालयका उपप्राध्यापक तथा कर्मचारीहरूले पछिल्लो ६ महिनादेखि तलबभत्ता नपाएको भन्दै विश्वविद्यालय प्रशासनमा तालाबन्दी गरेका छन्। बिहीबार बिहान विश्वविद्यालय प्रशासनिक भवनमा उपकुलपति डा. वैधनाथ महतोलाई बाहिर निकालेर उपप्राध्यापक तथा कर्मचारीहरूले तालाबन्दी गरेका हुन्। विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक तथा कर्मचारीहरूले क्षतिपूर्तिसहित नियमावलीअनुसारको तलबभत्ता तथा अन्य सुविधा पाउनुपर्ने माग राख्दै आएका […]

पर्सामा भारतीय नागरिकको शंकास्पद मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते । पर्सा जिल्लाको पश्चिमीभेग ठोरी गाउँपालिकामा एकजना भारतीय नागरिकको हत्या भएको आशंका गरिएको छ। ठोरी गाउँपालिका – ४ बाघमोर्चा पुल नजिकै आज भारतीय पुरुष हत्या गरी फालिएको शंकास्पद अवस्थामा शव भेटिएको हो । गाउँलेहरूले शव हेरेर प्रहरीलाई खबर गरेका थिए भने मृतक भारतीय नागरिक भारत बिहार पश्चिमी चम्पारणका ५१ वर्षीय […]