Samajik Feed – News Portal from Nepal

प्रहरीमाथि दुर्व्यवहारको आरोपपछि पूर्व प्रदेशसभा सदस्य अशोक यादव फरार, भतिजा र भान्जालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढायो

सामाजिक फीड– जनकपुरधाम, जेठ २८   गते । सवारी दुर्घटनापछि उत्पन्न विवादका क्रममा प्रहरीमाथि हातपात तथा सरकारी कामकारबाहीमा अवरोध गरेको आरोप लागेका पूर्व मधेश प्रदेशसभा सदस्य तथा नेकपा नेता अशोक यादव फरार भएका छन् । प्रहरीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले यादवका भतिजा र भान्जालाई भने नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ प्रहरीका अनुसार सोमबार राति कविलासी नगरपालिका–८ […]

सप्तरीमा १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा बालक पक्राउ

सामाजिक फीड– जनकपुरधाम, जेठ २७  गते । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा बालबालिकामाथि हुने यौन हिंसाका घटनामा वृद्धि देखिएको बेला यस्ता अपराधमा बालकहरूको समेत संलग्नता देखिन थालेको छ। यसैक्रममा सप्तरी प्रहरीले १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कञ्चनरूप नगरपालिका–८, कञ्चनपुर बेरियर चोकका एक बालकलाई पक्राउ गरिएको हो। […]

हरियाणामा बन्धक बनाइएका महोत्तरीका १६ जनाको उद्धार, सबैलाई घर ल्याइँदै

सामाजिक फीड– जनकपुरधाम, जेठ २७  गते । राम्रो रोजगारी, आकर्षक तलब र सुखद भविष्यको आशामा भारत पुगेका महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका १६ जना नेपाली श्रमिक भारतको हरियाणा राज्यमा बन्धक बनाइएपछि उद्धार गरिएका छन्। उद्धार गरिएकामध्ये पुरुष, महिला तथा बालबालिका समेत रहेका छन्। आफन्त इण्डियाको सहकार्य, नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वय तथा इलाका प्रहरी […]

महोत्तरीका १६ जनालाई भारतमा बन्धक बनाइयो, उद्धारका लागि के गर्दैछ सरकार ?

सामाजिक फीड– जनकपुरधाम, जेठ २१  गते । काम गर्न गएका महोत्तरीका १६ जनालाई हरियाणा राज्यमा बन्धक बनाइएको घटना सार्वजनिक भएको छ । राम्रो रोजगारी, आकर्षक तलब र सुखद भविष्यको आशामा भारत पुगेका बर्दिबास नगरपालिका–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका उनीहरु बन्धक बनेका हुन् । बन्धक बनाइएकामध्ये पुरुष, महिला तथा बालबालिका समेत रहेका छन् । घटनापछि परिवारको […]

अर्काकी छोरीलाई आफ्नै भनेर नागरिकता बनाएको अभियोगमा वीरगन्जका मेयर सिंह पक्राउ, ७ वर्ष जेल सजाय माग

सामाजिक फीड– जनकपुरधाम, जेठ १९  गते । पक्राउ पुर्जी जारी भएपछि भागेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ । पर्साको ठोरीमा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट आज बिहान उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिए। जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ […]

सरकार विरुद्ध नयाँ कमला पुल निर्माण सङ्घर्ष समितिको प्रदर्शन, माग पुरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी

सामाजिक फीड– जनकपुरधाम, जेठ १८ गते । नयाँ कमला पुल निर्माण सङ्घर्ष समिति फेरि आन्दोलनमा उत्रिएका छन् । सङ्घीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा नयाँ कमला पुल निर्माणका लागि बजेट विनियोजन नगरिएको भन्दै उनीहरु सरकार विरुद्ध नाराबाजी गरेको छ । सिरहा र धनुषा जोड्ने कमला पुललाई राज्यले बारम्बार उपेक्षा गरेको र अहिलेको सरकारले निर्माण […]

सिरहामा विभिन्न ग्याङका नाममा आतंक मच्चाउन खोज्ने २५ जना पक्राउ

सामाजिक फीड– जनकपुरधाम, जेठ १८ गते । सिरहामा विभिन्न ग्रुप तथा ग्याङका नाममा समाजमा आतंक मच्चाउन खोज्ने २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा चोहर्वा सडकमा विशेष अपरेसन चलाएर प्रहरीले २१ थान मोटरसाइकलसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनीहरुले किङ अफ बलान, किङ अफ भगवानपुर, किङ अफ लहान, किलर्स […]

विद्यालय जान निस्किएका १२ वर्षीय बालक सात दिनदेखि बेपत्ता

सामाजिक फीड– जनकपुरधाम, जेठ १३ गते । महोत्तरीको जलेश्वर नगरपालिका-१२ थरुवाही गाउँका १२ वर्षीय गौतम यादव विगत सात दिनदेखि बेपत्ता भएका छन्। गौतम जेठ ७ गते बिहान करिब ६ बजे घरबाट जलेश्वर नगरपालिका-२ स्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुल जान निस्किएका थिए। उनी थरुवाही गाउँ निवासी आशुतोष यादव र पुनमाया यादवका छोरा हुन्। विद्यालय समय […]

मधेश प्रदेशका सबै अस्पतालमा एन्टिरेबिज भ्याक्सिनको अभाव, कुकुरले टोकेका बिरामी बिचल्लीमा

सामाजिक फीड– जनकपुरधाम, जेठ १३ गते । मधेश प्रदेशका सबै सबै अस्पतालमा एन्टिरेबिज भ्याक्सिन (एआरभी) को अभाव भएको छ । यसले कुकुरले टोकेका बिरामी कि त धेरै महँगो उपचार गराउनु परेको छ कि त नसक्नेले उपचारबाटै वञ्चित हुनु परेको छ । मधेश प्रदेशमा विगत चार महिनादेखि सरकारले एन्टिरेबिज भ्याक्सिन पठाएको छैन् । सरकारले मधेश प्रदेशका ४४ […]

धनुषा, महोत्तरी र सर्लाहीमा चार लेन सडक विस्तार सुस्त गतिमा, अहिलेसम्म कति पुल र कलभर्ट निर्माण भयो ?

सामाजिक फीड– जनकपुरधाम, जेठ ११ गते । धनुषा, महोत्तरी र सर्लाही खण्डमा महेन्द्र राजमार्गलाई चार लेनमा विस्तार गर्ने कामको गति सुस्त देखिएको छ । कमला-ढल्केबर-पथलैया सडक योजना (पूर्वी खण्ड) अन्तर्गत हालसम्म कुल २४.१५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । जबकी विश्व बैङ्कको १८ अर्ब ६० करोड रुपियाँ सहयोगमा सन् २०२७ भित्र राजमार्ग विस्तारको काम […]