Samajik Feed – News Portal from Nepal

मुख्यमन्त्री सिंहद्वारा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीलाई छात्रवृत्तिका लागि प्रतिबद्धता

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको सात दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिमा आवश्यक सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने बताएका छन्। मुख्यमन्त्री सिंहले छात्रवृत्ति वितरण प्रक्रियालाई पारदर्शी बनाउने प्रतिबद्धता जनाउँदै मधेश बाहिरका विश्वविद्यालयहरूले युनिभर्सिटी ग्रान्ट कमिशन (यूजीसी) बाट अनुदान पाए पनि […]

शिक्षा क्षेत्र सुधारका प्रयासमा हस्तक्षेपको आरोप लाग्ने गरेको: मन्त्री भट्टराई

सामाजिक फीड-जनकपुरधाम, पुस २६ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुधार गर्न खोज्दा हस्तक्षेपको आरोप लाग्ने गरेको बताएकी छिन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले विश्वविद्यालयको सुधारका लागि ध्यान केन्द्रित गरे पनि पहल गर्दा मन्त्रीमाथि हस्तक्षेपको आरोप लाग्ने गरेको उल्लेख गरिन्। उनले विश्वविद्यालय सुधारका लागि पदाधिकारीहरुले पहिलो भूमिका निर्वाह गर्नुपर्ने धारणा […]

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण: रवि लामिछानेसहित सात जनाविरुद्ध थुनछेक बहस सकियो

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सात जनाविरुद्धको थुनछेक बहस सकिएको छ। सरकारी वकिलको जवाफी बहसपछि अदालतले थुनामै राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने भन्नेबारे आदेश दिन तयारी गरेको छ। न्यायाधीश नीतिज राईको इजलासमा पुस ६ […]

लुम्बिनीमा मन्दिरको दानपेटिकाबाट तीन महिनामा झण्डै डेढ करोड संकलन

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट तीन महिनामा झण्डै डेढ करोड रुपैयाँ संकलन भएको छ। लुम्बिनी विकास कोषका कोषाध्यक्ष दुण्डीराज भट्टराईका अनुसार, दानपेटिकाबाट एक करोड ४३ लाख ५९ हजार ९९० रुपैयाँ संकलन गरिएको हो। यो रकम आर्थिक वर्ष २०८१/०८२ को दोश्रो चरणमा असोज महिनायताको हो। पुस १८ […]

रुसको आक्रमणमा युक्रेनमा १३ को मृत्यु, ३२ घाइते

तस्बिर : एजेन्सी

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । दक्षिणी युक्रेनी शहर जापोरिझियामा रुसले गरेको हवाई आक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। आवासीय भवनहरूलाई लक्षित गरी गरिएको गोलाबारीपछि केही भवनमा आगलागी भएको र गाडीहरू जलेको देखिएको छ। बीबीसीका अनुसार आक्रमणपछि सार्वजनिक भिडियोहरूले घटनाको गम्भीरता उजागर गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको […]

शीतलहरका कारण आज पनि दाउन्नेमा सडक अवरुद्ध

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । पश्चिम नवलपरासीको दाउन्नेमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सवारी आवागमन आज पनि अवरुद्ध भएको छ। मंगलबार रातिदेखि अवरुद्ध रहेको यो सडक खण्ड हिजो दिउँसो केही समय एकतर्फी रूपमा सञ्चालन भए पनि शीतलहरका कारण फेरि बन्द भएको हो। शीतलहरका कारण कच्ची सडक हिलाम्य भएपछि दुर्घटनाको जोखिम बढेको र सवारी आवागमन पूर्ण रूपमा […]

मधेश प्रदेशमा शहीद परिवारको स्वास्थ्य बीमा कार्यक्रम लागू

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । मधेश प्रदेश सरकारले शहीद परिवारहरूको स्वास्थ्य सेवामा सुधार ल्याउन स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रम पुस ९ गतेदेखि लागू भएको छ। गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीका अनुसार यो योजनाले शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछ। मन्त्री लेखीले यस कार्यक्रमले शहीद परिवारलाई आर्थिक भारबाट […]

रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ

रौतहट, पुस २४- जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ।  रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित अभियान अन्तर्गत मंगलवार एकैदिनमा २० जना फरार प्रतिबादीहरु लाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर फरार रहेका जालसाजी मुद्दाका ११ जना, […]

पर्सामा वाइफाईको विषयमा ८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ

सामाजिक फीड-पुष २४ गते – जनकपुरधाम पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्बु खातुन र काबुल देवान १८ वर्षीय  रहेका छन्। उनीहरूलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। उनीहरूले ८० वर्षीय हजुरबुवा रामजान देवानको सोमबार राति कुटपिट […]

 ‘बर्ड फ्लु’ बाट पहिलो व्यक्तिको ज्यान गयो

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । अमेरिकामा बर्ड फ्लु (एच फाइभ एन वन) बाट पहिलो व्यक्तिको मृत्यु भएको छ। लुइसियानाको स्वास्थ्य विभागका अनुसार, ६५ वर्षको एक पुरुषको ज्यान गएको छ, जसले जङ्गली चरासँग सम्पर्क राख्दै आएको बताएका छन्। विभागले अन्य कुनै व्यक्तिमा यस सङ्क्रमणको सङ्केत नदेखिएको जनाएका छन्। हालसम्म बर्ड फ्लुको कुनै पनि नयाँ […]