Skip to main content

समाजिक फिड –

जनकपुरधाम, माघ १३

मुख्यमन्त्री सिंहद्वारा प्रदेशसभा सदस्यहरूको आलोचना: शिक्षा र कृषिमा भाषण, काम सडक र मन्दिर निर्माणमा सीमित

जनकपुरधाम, शनिबार – मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेशका प्रदेशसभा सदस्यहरू भाषणबाजीमै सीमित रहेको टिप्पणी गरेका छन्। प्रधानाध्यापक संघद्वारा आयोजित ‘शिक्षा संवाद’ कार्यक्रममा बोल्दै उनले सदस्यहरूले शिक्षा र कृषिमा लगानीका ठूला कुरा गरे पनि बजेट योजना सडक ढलान, सामुदायिक दलान, र मन्दिर निर्माणमै सीमित रहेको बताए।

मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालय सुधारका लागि विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्ने धारणा राखे। उनले अभिभावक र शिक्षकको जिम्मेवारी र सहभागिता सुधार भएमा सामुदायिक विद्यालयले निजी विद्यालयलाई चुनौती दिनसक्ने बताए।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले मुख्यमन्त्रीको प्रस्तावप्रति व्यंग्य गर्दै विद्यालय सरकारको हो भन्दै प्रश्न उठाए। मेयर साहले प्रधानाध्यापकहरूले मुख्यमन्त्रीको समर्थनमा ताली बजाएकोमा आलोचना गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *