Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ ११ गते – जनकपुरधाम

धनुषाधाम नगरपालिकाको सहयोगमा धनुषाधाम प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित नि:शुल्क आँखा जाँच शिविरमा ४५० जनाले आफ्नो आँखा परीक्षण गराएका छन्।

शिविरको क्रममा १४६ जनामा मोतियाबिन्दु रोग पत्ता लागेको छ। उनीहरूलाई शल्यक्रियाका लागि सगरमाथा चौधरी आँखा अस्पताल, लाहान पठाइएको छ।

नगर प्रमुख बालेश्वर मण्डलले स्थानीय बासिन्दाले नि:शुल्क सेवा पाउँदा खुशी व्यक्त गरेका छन्। उनले यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै जनताको स्वास्थ्यलाई आफ्नो प्राथमिकतामा राख्ने बताएका छन्।

शिविरको सफल आयोजनामा स्वास्थ्य शाखा प्रमुख हरिनारायण महतो, सहसंयोजक रामकृष्ण यादव, अरुण मण्डल लगायतका कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेवक, र अन्य सम्बन्धित पक्षहरूको महत्वपूर्ण भूमिका रहेको नगर प्रमुख मण्डलले बताएका छन्।

यस प्रकारका स्वास्थ्य सेवाले धनुषा जिल्लाका स्थानीय बासिन्दाहरूलाई सहज र प्रभावकारी सेवा प्रदान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *