सामाजिक फीड-
जनकपुरधाम माघ १३ गते ।
जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धिमा अवस्थित बिन्धिको दही पसल ५० वर्षभन्दा बढी पुरानो इतिहास बोकेको एक प्रतिष्ठित नाम हो। मोहन मण्डल धानुकले पान पसलबाट सुरु गरेको व्यवसाय तीन पुस्ताको मेहनत र समर्पणले आज जनकपुरधामकै प्रख्यात दही पसलको रूपमा स्थापित भएको छ। कुराकानी गर्दै कर्ममा हामीले थाहा पायो २०२६ सालमा मोहनका छोरा विश्वनाथ मण्डलले पान पसललाई दही पसलमा रूपान्तरण गरेका थिए ।उनका छोरा वृजलालले पनि व्यवसायलाई अगाडि बढाउन सघाए।
अहिले तेस्रो पुस्ताका प्रतिनिधि रञ्जित मण्डलले यो व्यवसायलाई निरन्तरता दिइरहेका छन्। रञ्जितका अनुसार, पहिले दैनिक ७० किलो भन्दा बढी दही बिक्री हुने यो पसलमा हाल ३० किलो मात्र बिक्री भइरहेको छ। प्रत्येक ठाउँमा डेरी उद्योग र प्रतिस्पर्धा अनि दूधको अभावले व्यवसायलाई चुनौती थपे पनि उनले ग्राहकको चासोअनुसार मिठो शुद्ध दूधको पेडा र खुवा उत्पादन गरी व्यवसायलाई नयाँ स्वरूप दिन खोजिरहेका छन्। यद्यपि, व्यवसाय कमजोर हुँदै गएको महसुस गर्दै रञ्जितले भने मेरो सन्तानलाई मैले अब दही पसलको कारोबारमा आउन सल्लाह दिने छैन,’ उनले भने, ‘म उनीहरूलाई आफ्नो पढाइमा ध्यान दिन र जागीरतर्फ लाग्न सुझाउँछु ।’
उनी आफ्ना सन्ततीको भविष्य दहि देख्दैनन् र अन्य भविष्य खोज्न सुझाउछन् । तीन पुस्ताको संघर्ष र मिठासले बिन्धिको दही पसल जनकपुरधामको एक ऐतिहासिक पहिचान बनेको छ। अहिले पनि यहाँको स्वादले यो पसललाई विशेष स्थान दिएको छ।