Skip to main content

सामाजिक फीड-
माघ ११ गते – जनकपुरधाम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुने हल्लालाई अर्थहीन भन्दै अस्थिरता मच्चाउने तत्वहरुले फैलाएको भ्रमबाट बच्न आग्रह गरेका छन्। पाल्पाको तिनाउ गाउँपालिकाको दोभानस्थित प्रशासकीय भवनको ‘भर्चुअल’ उद्घाटन समारोहमा उनले भने, “नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्वसहमतिबमोजिम अघि बढ्नेछ।”

स्वास्थ्य कारणले कार्यक्रममा शारीरिक उपस्थितिमा पुग्न नसकेको प्रधानमन्त्री ओलीले जनतालाई थप सेवा दिने र विकास निर्माणको कार्यलाई तीव्र बनाउने अपेक्षासमेत व्यक्त गरे। उनले पाल्पाको विकासलाई अघि बढाउन सबैलाई सहयोगको आह्वान गरे।

प्रधानमन्त्री ओलीले विकास विरोधी विचारलाई बेवास्ता गर्दै ती कुराको कुनै अर्थ नरहेको स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *