Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ १३ गते – जनकपुरधाम

धनुषा जिल्लाको मिथीला बिहारी नगरपालिकाको वडा नं. २ र ३ मा नेपाल लाटोकोसेरो र हुचील उत्सव २०८१ आगामी माघ २५ र २६ गते आयोजना हुने भएको छ। मिथीला वाइल्डलाइफ ट्रस्ट र प्रकृतिका साथीहरु संस्थाको आयोजनामा हुने यस उत्सवले लाटोकोसेरो र हुचीलको संरक्षण र स्थानीय सांस्कृतिक कार्यक्रम प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।उत्सवको मुख्य उद्देश्य लाटोकोसेरो र हुचीलजस्ता दुर्लभ चराहरुको संरक्षणमा जनचेतना फैलाउनु स्थानीय संस्कृति प्रवर्द्धन गर्नु र आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्नु हो। कार्यक्रममा स्थानीय खेलकुद, सांस्कृतिक प्रस्तुति, लाटोकोसेरो सम्बन्धी ज्ञानवर्धक प्रदर्शनी, तथा अनुसन्धान सामग्रीहरु प्रदर्शन गरिनेछ। उत्सवको प्रवेश शुल्क निशुल्क रहेको छ।

उत्सवका विशेष आकर्षणहरू चरा र प्रकृति अवलोकन वन्यजन्तु र चराका विविध गतिविधि अवलोकन गर्न सकिने छ भने सांस्कृतिक कार्यक्रम झिझिया नाच, झरि झरि नाच, सामा चकेवा, डम्फु नाच, र स्थानीय गीतहरूको प्रदर्शन गरिनेछ। लोप हुँदै आएका स्थानीय खेलकुद कुस्ती, कबड्डी, टालपुली, र तितीजस्ता लोपोन्मुख खेल प्रदर्शन गरिनेछ।प्रदर्शनीहरू लाटोकोसेरो र हुचील सम्बन्धी संग्रहालय, चित्रकला, निबन्ध प्रतियोगिता, र विभिन्न सामाग्रीहरूको प्रदर्शन हुनेछ।अनुहार चित्रण र रोबोट प्रदर्शन निशुल्क रूपमा अनुहारमा लाटोकोसेरो चित्र बनाइनेछ भने लाटोकोसेरोको १ फिट अग्लो रोबोट पनि प्रदर्शन हुनेछ।

लाटोकोसेरोहरूको अवैध व्यापार र वासस्थान विनाशका कारण नेपालमा वार्षिक १५०० लाटोकोसेरो मारिने अनुमान गरिएको  कार्यक्रमका सयोजक देव नारायण मण्डल बताएका छन् । उत्सवको अन्तिम दिन राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार पनि वितरण गरिनेछ, जसमा चार जना संरक्षणकर्मीलाई नगद रु. २५,०००, ताम्रपत्र र दोसल्लाबाट सम्मान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!