Samajik Feed – News Portal from Nepal

देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण

सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा १५ हजार ३३४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, सबैभन्दा कम सङ्क्रमित कर्णाली प्रदेशमा छन् । उक्त प्रदेशमा ३ सय ४७ जना सङ्क्रमित छन् […]

शिव मन्दिरमा तोडफोड, स्थानीयहरु सडकमा

सामाजिक फीड- मंसिर ७, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकास्थित शिव मन्दिरमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै सडकजाम गरी स्थानीयवासीहरु आन्दोलनमा उत्रेका छन् । शिव मन्दिरको शिवलिङ तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै स्थानीयवासीहरुले जनकपुरधाम– जलेश्वर सडकखण्ड अवरुद्ध गरी आन्दोलन उत्रेका हुन् । अज्ञात समूहले शिवलिङ तोडफोड गरेको विरोधमा स्थानीयहरुले आज बिहानदेखि नै सडक अवरुद्ध गरेका […]

काठमाडौँमा वुमेन अफ द वर्ल्ड (वाउ) महोत्सव: लैङ्गिक समानताको दिशामा नयाँ कदम

सामाजिक फीड, जनकपुरधाम,६ मंसिर २०८१, बिहिवार काठमाडौँको नक्साल नन्दीकेशर वगैँचा (नारायण चौर) मा मंसिर ८ र ९ गते वुमेन अफ द वर्ल्ड (वाउ), को सातौँ संस्करण आयोजना हुँदैछ । महिला र बालिकाहरुले भोगिरहेका समस्या समाधान गर्न आपसी सिकाइ र भोगाइबाट उपाय खोज्ने प्रयास यसको मुख्य ध्येय हो । लैङ्गि उत्तरदायी समाज निर्माण गर्न सार्वजनिक सरोकारको […]

संकटमा परम्परागत सिलौटा र जाँतो बनाउने कला

सामाजिक फीड, जनकपुरधाम,५ मंसिर २०८१, बुधवार मधेशमा परम्परागत कुटानी-पिसानी गर्ने उपकरण निर्माण गर्ने पत्थरकट्टाको पुख्र्यौली पेशा अहिले संकटमा परेको छ। आधुनिक प्रविधिको आगमनले सिलौटा, जाँतो, लोहोरा, र ओखलजस्ता उपकरणलाई विस्थापन गर्दै आएको छ। यसले दशकौंदेखि यो काममा आबद्ध थबई जातिका पेशाकर्मीहरूको जीवनयापनमा गम्भीर प्रभाव पारेको छ। जनकपुरधामको पेठिया बजारमा ४० वर्षदेखि सिलौटा र जाँतो बनाउँदै […]

ढल्केबरमा न्यायपूर्ण जलवायु वित्तको माग गर्दै जनप्रदर्शन

janakpurdham

सामाजिक फीड, जनकपुरधाम, ४ मंसिर २०८१, मंगलवार अजरबैजानको बकुमा भइरहेको सिओपी २९ ग्लोबल डे अफ एक्सन २०२४ को अवसरमा शनिबार ढल्केबरमा न्यायपूर्ण जलवायु वित्तको ७ बुँदे माग गर्दै जनप्रदर्शन गरिएको हो । मिथिला नगरपालिकाकी उप-प्रमुख सुनिता बुढाथोकी  र मधेश प्रदेश संसद  हरि नारायण महतोको प्रमुख आतिथ्यता र दुइ जना जलवायु र दिगो विकास क्षेत्रका बिज्ञ […]

छठ पूजाको सम्पूर्ण कार्यक्रमको तिथिहरू यसप्रकार छन्

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते। छठ पूजाको सम्पूर्ण कार्यक्रमको तिथिहरू यसप्रकार छन्: यो कार्यक्रमले छठ पर्वको सम्पूर्ण विधिलाई सूक्ष्म रूपमा प्रस्तुत गर्छ, जसमा व्रतीहरूले श्रद्धा र नियमपूर्वक पूजा गर्छन्।

जनकपुरधाममा फिल्मी शैलीमा २ लाख ३५ हजारको ठगी, युवक फरार

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते। जनकपुरधामस्थित पीडारीचोकमा रहेको एस.आर. इन्टरनेशनल नामक पसलबाट फिल्मी शैलीमा दुई लाख ३५ हजार बराबरको सामग्री ठगी गरी एक युवक फरार भएका छन्। पसलका सञ्चालक रामचन्द्र पँजियार (करण) का अनुसार मधेश प्रदेश, पर्सा जिल्लाका विकास साह नामक युवकले छ वटा ब्याट्री र एउटा अनलाइन यूपिएस लिएर ठगी गरेको आरोप छ। सोमबार, […]

तिहार पर्व शुरु, आज धनतेरस मनाइदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते। आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदै छन् । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने धनतेरस पर्वको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । धन […]

सिरहामा आफ्नै साथीको क्रुर हत्या: पाँचजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ६ गते। सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. १३ डंगराहा टोलमा आफ्नै साथीको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्। मृतक कृष्ण कुमार महरा दुर्गा मेला हेर्न गएका बेला साथीहरूबीच विवाद हुँदा नशालु पदार्थको सेवनपछि हत्या गरिएको खुलासा भएको छ। मिति २०८१ असोज २७ गते राति, मृतक महरा र उनका साथीहरू मोहमद […]

भारतको राजस्थानमा बस र अटो ठोक्किँदा आठ बालबालिकासहित १२ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ४ गते। भारतको राजस्थानको ढोलपुरस्थित राष्ट्रिय राजमार्ग ११–बी मा शनिबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ बालबालिका पनि रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुर्घटनामा घाइते दुई जनाको उपचार भइरहेको बताइएको छ । शनिबार राति जयपुर जाँदै गरेको बस र अटोबीच ठक्कर हुदा सो […]

error: Content is protected !!