रवि लामिछानेको हिरासत म्याद थप्दै १५ दिनको लागि राख्न आदेश
सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले म्याद थप गरिदिएको छ । न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछाने सहित अन्य तीन जनालाई १५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछाने सहित पूर्व डीआईजी […]
ड्रागन फ्रुट खेतीको फाइदा: वार्षिक १५ लाखको आय आर्जन
सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाएका छन् । ६ रोपनीमा रु ३० लगानी गरेर खेती सुरु गरेका उनले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गरेका छन् । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार […]
मन्त्री पौडेलद्वारा अंग दान गर्ने परिवारलाई रु. २ लाख सहयोगको घोषणा
सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्। यसअघि मानव अंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका […]
चार उत्कृष्ट उद्योगलाई कर दिवसमा सम्मान
सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार १३ औँ राष्ट्रिय कर दिवस २०८१ का अवसरमा जनकपुरधाममा विभिन्न चार उद्योग सम्मानित भएका छन् । जनकपुरधाममा शनिबार आयोजित कार्यक्रममा क्षीरेश्वर डिस्टिलरी धनुषा, रक्षा ट्रेडर्स एण्ड सप्लायर्स महोत्तरी, नेपाल भेनियर उद्योग सर्लाही तथा सुनिता आयल सेन्टर सिन्धुलीलाई आन्तरिक राजस्व कार्यालयले सम्मान गरेको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख […]
डाक्टरको सामुहिक राजीनामापछि प्रादेशिक अस्पतालको सेवा ठप्प
सामाजिक फीड, जनकपुरधाम,९ मंसिर २०८१, आइतवार जलेश्वरस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ । तीन जना डाक्टरले सामुहिक राजीनामा दिएपछि सेवा प्रभावित भएको हो । तलब, भत्तालगायत सुविधा नपाएकाले आफूहरूले सामूहिक राजीनामा गरेको अर्थोपेडिक डा सरोज भगतले बताए । अस्पताल व्यवस्थापन समितिले ती विशेषज्ञ चिकित्सकलाई बेवास्ता गरेको स्थानीयको आरोप छ । उक्त अस्पतालमा दैनिक दुई […]
बयान सकेपछि पूर्वडीआईजी जोशी पोखरा फर्काइए, रविको ल्याउने प्रक्रिया सुरु
सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ । मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएका जोशीको बुधबार र बिहीबार बयान लिइएको थियो । जोशीसँग जिल्ला सरकारी वकिल कार्यालयमा दुई दिन बयान लिइएको थियो । बयान सकिएपछि जोशीलाई आजै पोखरा फिर्ता गर्न लागिएको छ । […]
सर्वसाधारणलाई जुत्ताको माला लगाउनेलाई कानूनी कारबाही
सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार रौतहट स्थित विभिन्न पूर्वाग्रह राखेर सर्वसाधारण लाई जुत्ताको माला लगाएर घुमाउने वडाध्यक्ष सहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ। जुत्ताको माला लगाएर सर्वसाधारणलाई घुमाउने गढीमाई नगरपालिका ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीसहित ४ जनामाथि इलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता गरिएको हो। गरूडा नगरपालिका ३ मलाही बस्ने परीक्षण सहनीले […]
देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण
सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा १५ हजार ३३४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, सबैभन्दा कम सङ्क्रमित कर्णाली प्रदेशमा छन् । उक्त प्रदेशमा ३ सय ४७ जना सङ्क्रमित छन् […]
शिव मन्दिरमा तोडफोड, स्थानीयहरु सडकमा
सामाजिक फीड- मंसिर ७, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकास्थित शिव मन्दिरमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै सडकजाम गरी स्थानीयवासीहरु आन्दोलनमा उत्रेका छन् । शिव मन्दिरको शिवलिङ तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै स्थानीयवासीहरुले जनकपुरधाम– जलेश्वर सडकखण्ड अवरुद्ध गरी आन्दोलन उत्रेका हुन् । अज्ञात समूहले शिवलिङ तोडफोड गरेको विरोधमा स्थानीयहरुले आज बिहानदेखि नै सडक अवरुद्ध गरेका […]
काठमाडौँमा वुमेन अफ द वर्ल्ड (वाउ) महोत्सव: लैङ्गिक समानताको दिशामा नयाँ कदम
सामाजिक फीड, जनकपुरधाम,६ मंसिर २०८१, बिहिवार काठमाडौँको नक्साल नन्दीकेशर वगैँचा (नारायण चौर) मा मंसिर ८ र ९ गते वुमेन अफ द वर्ल्ड (वाउ), को सातौँ संस्करण आयोजना हुँदैछ । महिला र बालिकाहरुले भोगिरहेका समस्या समाधान गर्न आपसी सिकाइ र भोगाइबाट उपाय खोज्ने प्रयास यसको मुख्य ध्येय हो । लैङ्गि उत्तरदायी समाज निर्माण गर्न सार्वजनिक सरोकारको […]