तलबभत्ता नपाएपछि मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी

सामाजिक फीड–जनकपुरधाम, फागुन १ गते । मधेश कृषि विश्वविद्यालयका उपप्राध्यापक तथा कर्मचारीहरूले पछिल्लो ६ महिनादेखि तलबभत्ता नपाएको भन्दै विश्वविद्यालय प्रशासनमा तालाबन्दी गरेका छन्। बिहीबार बिहान विश्वविद्यालय प्रशासनिक भवनमा उपकुलपति डा. वैधनाथ महतोलाई बाहिर निकालेर उपप्राध्यापक तथा कर्मचारीहरूले तालाबन्दी गरेका हुन्। विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक तथा कर्मचारीहरूले क्षतिपूर्तिसहित नियमावलीअनुसारको तलबभत्ता तथा अन्य सुविधा पाउनुपर्ने माग राख्दै आएका […]
पर्सामा भारतीय नागरिकको शंकास्पद मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते । पर्सा जिल्लाको पश्चिमीभेग ठोरी गाउँपालिकामा एकजना भारतीय नागरिकको हत्या भएको आशंका गरिएको छ। ठोरी गाउँपालिका – ४ बाघमोर्चा पुल नजिकै आज भारतीय पुरुष हत्या गरी फालिएको शंकास्पद अवस्थामा शव भेटिएको हो । गाउँलेहरूले शव हेरेर प्रहरीलाई खबर गरेका थिए भने मृतक भारतीय नागरिक भारत बिहार पश्चिमी चम्पारणका ५१ वर्षीय […]
जसपा भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभिने

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभिने भएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका छवटा अध्यादेशमध्ये पाँचवटा अध्यादेशलाई जसपाले सकारात्मक रूपमा हेरे पनि भूमि सम्बन्धी अध्यादेशका सन्दर्भमा सुरू देखिनै फरक मत राख्दै आएको थियो।मंगलबार बसेको जसपा संसदीय दलको बैठकले भूमि सम्बन्धी अध्यादेशको विपक्षमा […]
सीके लालको “सियाराम राज्यको परिकल्पना: साहित्य र अर्थराजनीति” मा विचार

जनकपुरधाम,माघ २५ गते । जनकपुरधाममा विहिबारदेखि छैठौं जनकपुर साहित्य महोत्सवको थालनी भएको छ। नव मिथिला फाउण्डेशनको आयोजनामा “धरातल, संस्कृती र संस्कारको उत्सव” नाराका साथ शुरु भएको महोत्सव जनकपुरधामको राम मन्दिरको राम पार्कमा आयोजित गरिएको हो। महोत्सवको पहिलो दिन उद्घाटन सत्रमा नेपालका प्रख्यात राजनीतिक विश्लेषक सीके लालले “सियाराम राज्यको परिकल्पना: साहित्य र अर्थराजनीति” विषयमा आफ्नो विचार […]
अनियन्त्रित सामाजिक सञ्जाललाई मर्यादित बनाउन खोजिएको : योगेश भट्टराई

सामाजिक फीड- जनकपुरधाम माघ २३ गते नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने नभई नियमन गर्न खोजिएको बताएका छन् । बुधबार आयोजना भएको एक पत्रकार समेलन अन्तरक्रिया कार्यक्रममा भट्टराईले सामाजिक सञ्जाल चलाउनेहरू स्वनियमनमा बस्नु पर्ने ताएका हुन् I अन्यथा सरकारले नियन्त्रण गर्नुपर्ने उनको को धारणा छ । ‘दण्ड सजायको उद्देश्य होइन, स्वनियमनको उद्देश्य […]
छैटौं जनकपुर साहित्य महोत्सव माघ २४-२६ गते आयोजना हुँदै

सामाजिक फीड- जनकपुरधाम माघ २२ गते – जनकपुरधाममा विगत पाँच वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको नव मिथिला फाउन्डेसनद्वारा ‘जनकपुर साहित्य महोत्सव’ यस वर्ष छैटौं संस्करणमा प्रवेश गर्दैछ। तीन दिवसीय महोत्सव माघ २४, २५, र २६ गते जनकपुरधामको ऐतिहासिक राम मन्दिर पार्कमा आयोजना गरिनेछ। यस छैटौं संस्करण महोत्सवमा साहित्य, शिक्षा, पर्यटन, नीति निर्माण, अर्थतन्त्र, सुशासन, […]
तस्करी आशंकामा बाराबाट मालबाहक ट्रक पक्राउ

सामाजिक फीड- जनकपुरधाम माघ २२ गते – तस्करीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। गत सोमबार जितपुर सिमरा उपमहानगरपालिका-७ बाट राति साढे ११ बजे प्रहरीले लु१ख ७९६९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो। वीरगन्जबाट रुपन्देहीतर्फ जाँदै गरेको ट्रकमा बिल बिजक भन्दा बढीको सामान देखिएपछि नियन्त्रणमा लिइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक […]
नेपालमा इन्टरनेट सेवा अवरुद्ध, एयरटेल भुक्तानी रोकिएपछि समस्या
सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । नेपालमा इन्टरनेट सेवा प्रभावित भएको छ। आइतबार साँझ ८ बजेदेखि विभिन्न इन्टरनेट सेवा प्रदायकका ग्राहकले इन्टरनेट समस्या भोगिरहेका छन्। इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान) का अध्यक्ष सुधीर पराजुलीका अनुसार भारतीय इन्टरनेट कम्पनी एयरटेल डाउन भएकाले सेवा अवरुद्ध भएको हो। पराजुलीले भने, “एयरटेलले नेपाललाई उपलब्ध गराउने इन्टरनेट सेवा २ घण्टादेखि […]
नेपालगञ्ज र धनगढीमा आज उच्च तापक्रम भोलि केही स्थानमा वर्षा र हिमपातको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । महाशाखाका अनुसार आज देशभर मौसम सामान्यतया सफा रहनेछ । तर, भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । त्यसैगरी, भोलि मधेश र कोशी प्रदेशका तराई क्षेत्रहरूमा लागेको हुस्सु र कुहिरो मध्यान्हपछि क्रमिक रूपमा हट्दै जानेछ । […]
नेपालको व्यापार घाटा ७ खर्ब २३ अर्ब रुपैयाँ नाघ्यो

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालको व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले वृद्धि भएको हो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ९.८ प्रतिशतभन्दा […]