सामाजिक फीड-
जनकपुरधाम, भदौ १३ गते ।
इलाका प्रहरी कार्यालय लालबन्दीले २७ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
लालबन्दी नगरपालिका–१४, कामिटारका २० वर्षीय सन्ते ब्लोनलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो। बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकलमा सवार दुई जनामध्ये ब्लोनलाई प्रहरीले चेकजाँचका क्रममा गाँजासहित पक्राउ गरेको हो।
प्रहरी निरीक्षक बिरेन्द्र जोहारीका अनुसार, ब्लोनले बोकेको दुईवटा झोलामा रहेका पाँच पोका गाँजा बरामद गरिएको छ। घटनास्थलबाट ब्लोनलाई मोटरसाइकलसहित पक्राउ गरिएको भए पनि उनीसँगै रहेका अर्का युवक भने फरार भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ब्लोनमाथि थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक जोहारीले जानकारी दिएका छन्।