Samajik Feed – News Portal from Nepal

जम्मू–कश्मीरको डोडामा बस दुर्घटना, ३९ जनाको मृत्यु

भारत । भारत प्रशासित जम्मू–कश्मीरको डोडामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । बुधबार भएको दुर्घटनामा १७ जना घाइते भएका छन् । चालकले बसको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हुन सक्ने डोडाका डेप्युटी कमिस्नर हरविन्दर सिंह बताएका छन् । मोडमा ठिक ढङ्गले बसलाई मोड्न नसकेपछि बस बाटोबाट खोल्सामा खसेको हुन सक्ने आफ्नो प्रारम्भिक […]

गाजाको सबैभन्दा ठूलो अस्पतालमा इजराइली सेना प्रवेश

एजेन्सी । हमासको कमान्ड सेन्टर रहेको भन्दै इजराइली सेना गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको इजराइली सेनाको दाबी छ । इजराइली र प्यालेस्टिनी अधिकारीहरूले गाजा सहरको अल–शिफा अस्पतालमा सैन्य कारबाही भइरहेको बताएका छन् । इजराइल डिफेन्स फोर्स (आइडीएफ) ले आफ्नो […]

‘अश्लिल’ अभिव्यक्ति दिएका नीतीशले मागे माफी

भारत । विहार विधानसभामा ‘अश्लिल’ अभिव्यक्ति दिएका मुख्यमन्त्री नीतीशकुमारले माफी मागेका छन् । नीतीशले मंगलवारको राज्य विधानसभामा भाषणका क्रममा जनसंख्या नियन्त्रण प्रक्रियामा महिलाहरूको भूमिकाको विषयमा ‘अश्लील’ अभिव्यक्ति दिएका थिए । महिलाहरूको शिक्षाले जनसंख्या नियन्त्रणमा पुर्‍याउने सहयोगको सन्दर्भमा भाषण गर्दा उनले बिहेपछि महिला र पुरुषबीच हुने याैन सम्बन्ध र सन्तान उत्पादन प्रक्रियालाई संयमता नै नअपनाई अश्लिल […]

पोर्चुगलका प्रधानमन्त्री कोस्टाद्वारा राजीनामा

एजेन्सी, २२ कार्तिक । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले राजीनामा दिएका छन् । प्रधानमन्त्री कार्यालयका प्रशासन प्रमुख भिटोर एस्कारिया भ्रष्टाचार मुद्दामा पक्राउ परेपछि प्रधानमन्त्री कोस्टाले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । कोस्टाले मंगलबार राष्ट्रपति मार्सेलो रेबेलो डि सुजालाई राजीनामा बुझाएका छन् । प्रधानमन्त्री कार्यालयका प्रशासन प्रमुख एस्कारियामाथि लिथियम उत्खनन् र हाइड्रोजन परियोजनामा भ्रष्टाचार गरेको आरोप छ […]

गाजाको शरणार्थी शिविरमा आक्रमण, कम्तिमा ५० प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विस्फोटमा परी कैयौँ मानिसको मृत्यु भएको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विस्फोटमा परी कम्तिमा ५० जनाको मृत्यु भएको जनाएका हुन् । इजरायली हवाई हमलाका कारण विस्फोट भएको मन्त्रालयले जनाएको छ । यद्यपि यो विस्फोटबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन। विस्फोटस्थलको भग्नावशेषबाट कम्तिमा ५० […]

गाजामा आक्रमण गरेका कारण इजरायलसँग सम्बन्ध तोडेको बोलिभियाको घोषणा

एजेन्सी-जनकपुरधाम, कार्तिक १५ गते । इजरायलले गाजामा गरेको सैन्य कारबाहीलाई ध्यानमा राख्दै ल्याटिन अमेरिकी देश बो हमाससँग द्वन्द्वका कारण इजरायलसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गर्ने बोलिभिया पहिलो ल्याटिन अमेरिकी राष्ट्र हो। बीबीसीका अनुसार बोलिभियाका उपविदेशमन्त्री फ्रेडी मामानीले इजरायलको कदमलाई ‘आक्रामक र असंगत’ भनेका छन्। यो देशले युद्धविरामका लागि अपिल गरेको थियो र गाजामा मानवीय सहायता […]

भारतमा दुईवटा रेल आपसमा ठोक्किँदा ९ जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, कार्तिक १३ गते । भारतको आन्ध्र प्रदेशमा दुईवटा रेल आपसमा ठोक्किँदा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य २९ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । विशाखापट्टनम(पलासा र विशाखापट्टनम(रायगडा चल्ने दुई रेल आपसमा ठक्कर खाँदा दुर्घटना भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले रेल दुर्घटनाका मृतक […]

भारतको केरलामा बम विष्फोट, एक जनाको मृत्यु, ३६ जना घाइते

एजेन्सी । भारतको केरलामा बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । कोच्चिस्थित येहोवा विटनेस कन्भेन्सन सेन्टरमा कार्यक्रम चलिरहेका बेला विष्फोट भएको हो । येहोवा विटनेस एक इसाई समुदाय हो । केरलका एडीजीपी अधिकारी अजीत कुमारका अनुसार करिब २ हजार मानिस […]

हमलामा परिवार नै गुमाएका अल–जजिराका पत्रकार २४ घण्टा नबित्दै काममा फर्किए

एजेन्सी । इजरायलले गरेको हमलामा आफ्नो परिवार नै गुमाएका अल-जजिराका टेलिभिजनका वरिष्ठ पत्रकार वाएल अल-दहदौह घटना भएको २४ घण्टा नबित्दै काममा फर्किएका छन् । बुधबार भएको इजरायली हवाई आक्रमणमा परी अल-जजिरा मिडिया नेटवर्कका गाजा ब्यूरो प्रमुख दहदौहका श्रीमती र दुई छोराछोरीको मृत्यु भएको थियो । दहदौहका नाति र परिवारका अन्य आठ सदस्य पनि आक्रमणमा मारिएका […]

मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की

मुम्बई । एक व्यक्तिले भारतीय अर्बपति मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की दिएका छन् । रिलायन्स इन्डस्ट्रिजका अध्यक्षसमेत रहेका अम्बानीलाई इमेलमार्फत् यस्तो धम्की आएको हो । ती व्यक्तिले इमेलमार्फत् अम्बानीलाई २० करोड भारतीय रुपैयाँ नतिरे मार्ने धम्की दिएको मुम्बई प्रहरीले जनाएको छ । यो धम्की २७ अक्टोबरमा शादाब खान नामका व्यक्तिले पठाएका हुन् । समाचार एजेन्सी […]