भारत । विहार विधानसभामा ‘अश्लिल’ अभिव्यक्ति दिएका मुख्यमन्त्री नीतीशकुमारले माफी मागेका छन् । नीतीशले मंगलवारको राज्य विधानसभामा भाषणका क्रममा जनसंख्या नियन्त्रण प्रक्रियामा महिलाहरूको भूमिकाको विषयमा ‘अश्लील’ अभिव्यक्ति दिएका थिए ।
महिलाहरूको शिक्षाले जनसंख्या नियन्त्रणमा पुर्याउने सहयोगको सन्दर्भमा भाषण गर्दा उनले बिहेपछि महिला र पुरुषबीच हुने याैन सम्बन्ध र सन्तान उत्पादन प्रक्रियालाई संयमता नै नअपनाई अश्लिल ढंगले भनेका थिए । यही विवादस्पद अभिव्यक्तिलाई लिएर चर्को आलोचना खेपेपछि उनले बुधबार विधानसभामा आफ्नो अभिव्यक्तिप्रति खेद व्यक्त गरेका छन् र शब्दहरू फिर्ता लिएका छन् ।
आफू र आफ्नो नेतृत्वको सरकारले महिला शिक्षाका लागि काम गरेको भन्दै उनले भने, ‘हिजो तपाईहरू मसँग सहमत हुनुहुन्छ, आज माथिबाट आदेश आएपछि मेरो आलोचना गरिरहनु भएको छ । म आफ्नो शब्द फिर्ता लिन्छु र मेरो आलोचना गनेहरूलाई अभिनन्दन गरिरहने छु ।’