Skip to main content

एजेन्सी-
जनकपुरधाम, कार्तिक १५ गते ।

इजरायलले गाजामा गरेको सैन्य कारबाहीलाई ध्यानमा राख्दै ल्याटिन अमेरिकी देश बो

हमाससँग द्वन्द्वका कारण इजरायलसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गर्ने बोलिभिया पहिलो ल्याटिन अमेरिकी राष्ट्र हो।

बीबीसीका अनुसार बोलिभियाका उपविदेशमन्त्री फ्रेडी मामानीले इजरायलको कदमलाई ‘आक्रामक र असंगत’ भनेका छन्।

यो देशले युद्धविरामका लागि अपिल गरेको थियो र गाजामा मानवीय सहायता पठाउने बताएको थियो।

बोलिभियाले गाजापट्टीका विषयमा पहिले पनि इजरायलसँग सम्बन्ध तोडेको थियो। यसको झण्डै एक दशकपछि सन् २०१९ मा मात्रै यी दुईबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *