Samajik Feed – News Portal from Nepal

भारत । भारत प्रशासित जम्मू–कश्मीरको डोडामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । बुधबार भएको दुर्घटनामा १७ जना घाइते भएका छन् । चालकले बसको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हुन सक्ने डोडाका डेप्युटी कमिस्नर हरविन्दर सिंह बताएका छन् ।

मोडमा ठिक ढङ्गले बसलाई मोड्न नसकेपछि बस बाटोबाट खोल्सामा खसेको हुन सक्ने आफ्नो प्रारम्भिक अनुमान रहेको सिंहले बताए । उनले यस घटनाको जाँचका लागि समिति बनाउने घोषणा पनि गरेका छन् ।

घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाले दुःख व्यक्त गरेका छन् र मारिएका यात्रुहरूको परिवारप्रति समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री मोदीले मृतकको परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २–२ लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!