एजेन्सी । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विस्फोटमा परी कैयौँ मानिसको मृत्यु भएको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विस्फोटमा परी कम्तिमा ५० जनाको मृत्यु भएको जनाएका हुन् ।
इजरायली हवाई हमलाका कारण विस्फोट भएको मन्त्रालयले जनाएको छ । यद्यपि यो विस्फोटबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन। विस्फोटस्थलको भग्नावशेषबाट कम्तिमा ५० शव निकालिएको अधिकारीहरूले जनाएका छन् ।
मानिसहरू भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् । मानव अधिकारवादी संघसंस्थाहरूले जबलिया शरणार्थी शिविरमा इजरायलले आक्रमण गरेको भन्दै घटनाको निन्दा गरेका छन् ।