Samajik Feed – News Portal from Nepal

एजेन्सी, २२ कार्तिक । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले राजीनामा दिएका छन् । प्रधानमन्त्री कार्यालयका प्रशासन प्रमुख भिटोर एस्कारिया भ्रष्टाचार मुद्दामा पक्राउ परेपछि प्रधानमन्त्री कोस्टाले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।

कोस्टाले मंगलबार राष्ट्रपति मार्सेलो रेबेलो डि सुजालाई राजीनामा बुझाएका छन् । प्रधानमन्त्री कार्यालयका प्रशासन प्रमुख एस्कारियामाथि लिथियम उत्खनन् र हाइड्रोजन परियोजनामा भ्रष्टाचार गरेको आरोप छ । उनी पक्राउ परेको केही घन्टामै कोस्टाले पदमा रहिरहन नैतिकताले नदिने बताउँदै राजीनामा बुझाएका हुन् ।

राजीनामापछि उनले टेलिभिजन सन्देशमार्फत् आफू कुनै पनि आपराधिक क्रियाकलापमा संलग्न नभएको बताएका छन् । तर प्रधानमन्त्री पदको गरिमा बढाइराख्नका लागि आफूले पदबाट राजीनामा दिएको बताए । हाइड्रोजन प्लान्ट निर्माण र लिथियम अन्वेषण तथा उत्खनन् परियोजनामा भ्रष्टाचार भएको र त्यसमा प्रधानमन्त्री कार्यालयका प्रशासन प्रमुखसहित ५ जना पक्राउ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!