सप्तरीको एक गोदाममा प्रहरीको छापा : २४ क्विन्टल गाँजा र अवैध सामान बरामद

सामाजिकफीड-सप्तरी, फागुन १९ गते । सप्तरी प्रहरीले राजविराज नगरपालिका–९ मलेठबाट ठूलो मात्रामा लागू औषध गाँजा र अन्य अवैध सामान बरामद गरेको छ। सोमबार बिहान गरिएको अपरेशनमा प्रहरीले २४ क्विन्टल १९.५ किलोग्राम गाँजा, १४२ कार्टुन स्याउ, तथा हार्डवेयर सामग्री फेला पारेको हो। मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाका अनुसार, गोप्य सूचनाका आधारमा सप्तरीका प्रमुख […]
धनुषामा घरभित्रै गाडिएको अवस्थामा अञ्जलीको शव फेला

सामाजिक फीड- जनकपुरधाम, फागुन १७ धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा एक महिलाको शव घरभित्रै गाडिएको अवस्थामा फेला परेको छ। २० वर्षीया अञ्जली यादवको शव पूजाकोठामा गाडिएको अवस्थामा प्रहरीले बरामद गरेको हो। धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार स्थानीयले श्रीमान बेपत्ता भएको सूचना दिएपछि खोजी गर्दा अञ्जलीको शव फेला परेको हो। शव कुहिसकेको अवस्थामा भेटिएको उनले बताए। […]
मुकेशलाई घरमै पुगेर धनुषाका सिडिओले दिए नागरिकता

सामाजिक फीड-जनकपुुरधाम, फागुन १५ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले पूर्ण अपांगता भएका मुकेशलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका राजकुमार महतोका २३ वर्षीय छोरा मुकेश कुमार महतोलाई नागरिकता प्रदान गरिएको हो ।प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले नागरिकता हस्तान्तरण गरेका हुन् । मुकेशलाई ११ वर्षको उमेरमा पोलियो रोगले लागेपछि […]
स्रोत नखुलेको ७ लाख ५८ हजार रुपैयाँसहित एक भारतीय युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन १३ गते। सर्लाही प्रहरीले स्रोत नखुलेको साढे ७ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको सितामाढी जिल्लाका बिसनपुर १५ निवासी २२ वर्षीय चन्दन कुमार महतो रहेका छन् । उनलाई मंगलबार दिउँसो सर्लाहीको मलंगवा नगरपालिका–८ क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बरः बी.आर.३० एबी ९१८३ को […]
रिंकु सदा मृत्यु प्रकरण : पञ्चायतमा सहभागी तीनजनामाथि ५ दिन म्याद थप

सामाजिक फीड-जनकपुरधाम, फागुन १३ गते । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका तीनजनामाथि पाँचदिनको म्याद थप भएको छ । नवराजपुर गाउँपालिका–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र ४५ कमलेशकुमार दासमाथि पञ्चायतद्वारा लेनदेन गरी मिलापत्र गर्न गराउन संलग्न रहेको कसुरमा मुद्दा दर्ता गरिएको सिरहाका प्रहरी […]
सिरहाकी रिंकु मृत्यु प्रकरणमा ८ जनाविरुद्ध पूरक जाहेरी

सामाजिक फीड-जनकपुरधाम, फागुन ८ गते । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको शंकास्पद मृत्यु प्रकरणमा ८ जनाविरुद्ध पूरक जाहेरी दर्ता गरिएको छ। पीडित परिवारले सामूहिक बलात्कार र रहस्यमय मृत्यु घटनामा संलग्नलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय, लहानमा चारवटा मुद्दा दर्ता गराएका छन्। जाहेरीमा कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक, र लेनदेन […]
वीरगन्जका दुई क्यासिनोको मुख्यमन्त्री सिंहले गरे छड्के अनुगमन, एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन ७ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगन्जस्थित लर्डस् दियालोको किङ्स क्यासिनो र होटल सुरजको क्यासिनोको अनुगमन गरेका छन्। नेपाली नागरिकहरू क्यासिनोमा जुवा खेली आर्थिक, सामाजिक र मनोवैज्ञानिक सङ्कटमा परिरहेको जानकारी पाएपछि मुख्यमन्त्री सिंहले बुधबार यी क्यासिनोहरूको निरीक्षण गरेका हुन्। पछिल्लो पटक एक नेपाली नागरिकले ४० लाख रुपैयाँ गुमाएको खबर आएपछि […]
भारतमा २५ वर्ष बन्धक बनेर फर्केका चलितरलाई सिडिओले वडा कार्यालयमै दिए नागरिकता

सामाजिक फीड-जनकपुरधाम, फागुन ६ गते । भारतको पञ्जाबमा २५ वर्षसम्म बन्धक जीवन बिताएपछि स्वदेश फर्किएका चलितर महतोले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाको टोलीले बटेश्वर गाउँपालिका वडा नं. १ को कार्यालयमै पुगेर उनलाई नागरिकता प्रदान गरेको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले चलितरलाई नागरिकता हस्तान्तरण गरेका । नागरिकता पाएपछि चलितर […]
बाराको एक सुधारकेन्द्रमा कुटपिट गरि एक युवकको हत्या

सामाजिकफीड-जनकपुरधाम, फागुन २ गते । बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नवजन्म पुनर्स्थापना केन्द्रमा एक जनाको हत्या भएको छ। बाराको कलैया उपमहानगरपालिका–9 रामपुरका हिरालाल मण्डलका ३५ वर्षीय छोरा धिरेन्द्र उर्फ प्रदिप कुमार मण्डलको कुटपिट गरी हत्या गरिएको हो। जिल्ला प्रहरी कार्यालय, बाराका एसपी सन्तोष तामाङका अनुसार सुधार केन्द्रमा गए राति करिब २ बजे कुटपिट भएको थियो। बाहिरबाट […]
नेपाल–भारतमा डकैती र अपहरणमा संलग्न फरार अभियुक्त पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ २९ गते । नेपाल तथा भारतमा डकैती, चोरी, लुटपाट र अपहरण जस्ता गम्भीर आपराधिक घटनामा संलग्न एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। मोरङ ग्रामथान गाउँपालिका–२ का ४० वर्षीय खड्क नारायण माझीलाई महोत्तरी र मोरङ प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो। माझी भारतको सितामढी जिल्ला तथा नेपालका महोत्तरी, सम्सी, गौशाला लगायतका क्षेत्रमा […]