सामाजिक फीड-
जनकपुरधाम, असोज २ गते ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा नदिएपछिलाई पार्टीले उनलाई कारबाही गर्न लागेको छ ।
जनमत पार्टी मधेस प्रदेशको संसदीय दलले सिंहलाई अनुशासनको कारबाही गर्न पार्टीलाई सिफारिस गर्न लागेको हो ।
जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले मुख्यमन्त्री सिंहसँग २४ घण्टे स्पष्टीकरण मागेकोमा त्यो समय पनि हिजो नै सकेको बताए ।
मुख्यमन्त्री सिंहले जवाफ नदिएपछि संसदीय दलले अनुशासनको कारबाही गर्न पार्टीको केन्द्रीय समितिलाई सिफारिस गर्न लागेको हो ।
जेनजी आन्दोलनको क्रममा पार्टीको निर्देशन बमोजिम मुख्यमन्त्री सिंहले फेसबुकमा राजीनामा दिएको घोषणा गरेपनि पछि राजीनामा दिन अस्वीकार गरेपछि पार्टीले उनलाई कारबाही गर्न लागेको हो ।
जनमत संसदीय दलले मुख्यमन्त्री र मन्त्रीहरूलाई फिर्ता बोलाउँदै मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सहितको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा समेत जानकारी समेत गराइसकेको छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।